मेलम्ची । आर्थिक अभावका कारण ब्यबहार धान्न गाह्रो भएको कारण देखाउँदै आत्महत्याको बाटो रोजेका मेलम्ची ११का गुरुप्रसाद दुलालको परिवार अहिले आर्थिक अवस्था सुधार्नका लागि सहयोग संकलन अभियान सञ्चालन गरिरहेको छ । देशमा आएको आर्थिक दुरावस्था, व्यवसायमा आएको चरम मन्दी, बित्तीय कर्जामा अनपेक्षित ब्याज वृद्धि र कर्जा तिर्न बैंकिङ दबाब, बढ्दो सामाजिक आर्थिक असुरक्षाका कारण आत्महत्या गर्नुपरेको दुलालको परिवारको आर्थिक स्थिति अत्यन्तै कमजोर रहेका कारण अहिले उनको ३ छोरी १ छोरा बृद्ध आमा र श्रीमतिको परिवार परर्निभर भएको छ । अहिले आर्थिक संकलनको काम सँगै शैक्षिक क्षेत्रमा समेत सहयोगिहरुले प्रतिबद्धता जनाउन थालेका छन् । बागमती प्रदेशका सांसद कृष्णकुमार तामाङ (समीर)ले दुलालकी कान्छि छोरी सुजता दुलालको माध्यमिक तह (प्लस २ ) अध्ययनको लागि लाग्ने सम्पुर्ण खर्च आफुले ब्यहोर्ने प्रतिबद्धता जनाउनुभएको हो । उहाँको उच्च शिक्षा अध्ययनमा पनि आफ्नो निरन्तर साथ र सहयोग रहिरहने तामाङले प्रतिबद्धता जनाउनुभएको स्वकिय सचिव विशाल राउतले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय