मेलम्ची । मेलम्ची कम्युनिटी सेकेन्डरी इङ्लिस स्कुलका सञ्चालक बस्नेतद्धारा जन्मदिनको अबसरमा ५ जना जेहेन्दार विद्यार्थीलाई पुर्ण छात्रबृत्ति प्रदान गर्ने घोषणा

मेलम्ची कम्युनिटी सेकेन्डरी इङ्लिस स्कुल मेलम्चीका सञ्चालक तथा प्रिन्सिपल दिनेश बस्नेतले आफ्नो जन्मदिनको अबशरमा ५ जना जेहेन्दार विद्यार्थीलाई पुर्ण छात्रबृत्ति प्रदान गर्ने घोषणा गर्नु भएको छ । उहाँले ७, ८ वा ९ कक्षामा आफ्नो विद्यालयमा भर्ना भएका जेहेन्दार विद्यार्थी मध्य परिक्षा लिइ उत्कृष्ट हुने पाँच जनालाई एस इ इ सम्म निशुल्क पढाउने बताउनुभयो । उहाँले सबैले शिक्षा पाउन पढ्नबाट कोहि बञ्चित हुन नपरोस भनेर आफुले सहयोग गर्न चाहेको बताउनुभयो । मेलम्ची कम्युनिटी सेकेन्डरी इङ्लिस स्कुल मेलम्चीमा कक्षा १० सम्म कक्षा सञ्चालन भैरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय