उद्यमशिलता सीप विकास सम्बन्धी खेलौना बनाउने १० दिने आधाभुत तालिम आज मेलम्चीमा सम्पन्न भएको छ । प्रयत्नशिल महिला समुहको आयोजना तथा मेलम्ची नगरपालिका वडा नम्बर ११को आर्थिक सहयोगमा भएको तालिममा वडा नम्बर ११ भित्रका महिलाहरुको सहभागिता रहेको थियो । तालिमको आज समापन गर्दै नगर उपप्रमुख उमा प्रधानले सिप सिकेर आत्मनिर्भरको पाटोलाई बलियो बनाउन नगरपालिकाले काम गरिरहेको बताउनुभयो ।

उहाँले महिलाहरु घरायसि काममा मात्र नभएर अन्य आर्थिक उपार्जनका क्षेत्रमा पनि क्रियाशिल हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा वडा नम्बर ११का वडा अध्यक्ष चन्द्र बहादुर तामाङले वडाका महिलाहरुको क्षमता विकासको लागि वडा बाट लगानी गरेको बताउनुभयो । उहाँले वडा तथा नगर बाट छुट्टीने लक्षित बर्गको बजेटमा वडाले सिप मुलक र सिर्जनात्मक काममा लगानी गर्ने बताउनुभयो ।

कार्यक्रममा संस्थाकी अध्यक्ष भवानी श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रगती अङ्ग्रेजी माध्यमिक विद्यालयका अध्यक्ष विजयकृष्ण श्रेष्ठले सुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा वडा सदस्य प्रतिमा धिताल,टिका बहादुर तामाङ, संस्थाकि उपाध्यक्ष दुर्गा चालिसे लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय