किशोर किशोरीहरुलाई आत्मरक्षा तथा प्रजनन स्वास्थ्य सम्बन्धी आधारभूत तालिम मेलम्चीमा सम्पन्न भएको छ । आज तालिमको समापन गर्दै मेलम्ची नगरपालिकाकी उपप्रमुख उमा प्रधानले आत्मरक्षाको तालिम लिइसकेपछि समाजमा फाइदा पुग्ने बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि प्रधानले आफु सँगै समाजका अन्य बालबालिकाहरुमा सुरक्षीत छु भन्ने महशुस गराउन सहभागी हरुको भुमिका महत्त्वपूर्ण हुने बताउनुभयो । उहाँले बालबालिका संग सम्बन्धी बिबिध ज्ञान प्राप्त होस् भन्नका लागि तालीम दिइएको बताउँदै आफ्नो बानि व्यबहार र आचरणमा समेत परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले तालिममा सहभागि हरुको सामाजिक दायित्व र जिम्मेवारी थपिएको भन्दै समाज परिबर्तनको सम्बाहकको भुमिका निर्वाह गर्न आग्रह गर्नुभयो । कार्यक्रममा नगरपालिकाका प्रशासकिय अधिकृत झपेन्द्रराज खरेलले मन मस्तिष्क लाई स्वस्थ्य राख्न सक्यो भने आफ्नो शरिरको सुरक्षा गर्न सकिने बताउनुभयो । उहाँले सिकेका कुराहरु व्यबहार मा उतार्दै सकारात्मक परिवर्तन ल्याउनुभयो भने यो तालिमको उदेश्य प्राप्त हुने विश्वास ब्यक्त गर्नुभयो । कार्यक्रमका अध्यक्षता गर्नुभएकी नगर बालसञ्जालकी अध्यक्ष सरिता नेपालीले अगाडी बढ्का लागि अरुको भर पर्ने भन्दापनि आफुमा एउटा इच्छा ,सङ्कल्प,योजना चाहिने बताउनुभयो । उहाँले परिबर्तन आफैबाट सुरु गर्नका लागि आग्रह गर्दै जङ्क फुड नखाउ भन्ने मात्र हैन आफैले नखाएर सुरु गर्नुपर्नेमा जोड दिनुभयो ।
तालिमले आत्मरक्षा मात्र हैन नेतृत्वको समेत विकास भएको नेपालीको भनाई थियो । उहाँले सकारात्मक सोच्दै अगाडि बढ्न सकेमा र आफुमा भएको जिम्मेवारी बहन गर्ने हो भने पनि समाज परिबर्तन गर्न सकिने बताउनुभयो । सफलताको शिखर चुम्नको लागि सबैको साथ र सहयोग आवश्यक पर्ने भएकाले संगै हातेमालो गर्दै अगाडि बढ्न आग्रह गर्नुभयो । नगरबालसञ्जालको आयोजना र मेलम्ची नगरपालिकाको आर्थिक सहयोगमा भएको तालिममा १३ वटै वडाका किशोरकिशोरीहरुको सहभागिता रहेको नगरपालिकाकी कर्मचारी अम्बिका डोटेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय