सिन्धुपाल्चोक । दिगो शान्तीका लागि उन्नत सम्बन्ध समाजमा स्थापित गर्न हरेक स्थानिय तहले मेलमिलाप अभियान सन्चालन गर्नुपर्ने सामुदायिक मेलमिलाप कर्ता समाज सिन्धुपाल्चोकका अध्यक्ष टीका सुवेदीले बताएका छन ।
प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालका सहजकर्ता समेत रहेका सुबेदिले समाजमा धेरै विवादहरु छन् त्यसलाई संबाद मार्फत समाधान गरेर अगाडि बढ्नुनै मेलमिलाप अभियानको लक्ष्य र उद्देश्य रहेको बताएका छन । मेलमिलापको माध्यम बाट समृद्धि संभव भएको बताउदै समाज परिबर्तनको संबाहकको रुपमा काम गर्न सबै मेलमिलाप कर्ताहरुलाइ आग्रह समेत गरेका छन ।

राजनैतिक दल देखि हरेक संघसंगठनहरुमा आलोचनाको मात्र खेती हुने गरेको र सकारात्मक चिन्तन हराउदै गएको भन्दै सुबेदिले अरुको नकारात्मक टिप्पणी गरेर बस्नु भन्दा आफ्नो सकारात्मक कुरालाइ बाहिर ल्याउन पर्ने बताए ।

बर्तमन समाजमा कोरा सिद्धान्त र किताबको स्याउ उस्तै हुन, छ तर प्रयोग गर्न नमिल्ने भन्दै कार्यकताहरुलाइ समृद्धिसङ जोड्न सबै दलका नेतृत्वहरुलाइ सुबेदिले अनुरोध गरे ।

स्थानिह तहमा करोडौं लागतका बिकासको गतिविधिहरु बिबादका कारण रोकिएका हुन्छ्न । त्यसलाइ सहजीकरण मेलमिलाप प्रक्रिया माफत सहज हुने भन्दै सबै पालिकाहरुमा मेलमिलाप केन्द्र ब्यबस्थित गर्दै मेलमिलाप कर्ताहरु उत्पादन र प्रोत्साहन गर्न स्थानीय सरकार लाग्नु पर्ने उनले बताए ।

प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालले बहुसरोकार र अन्तर ब्याक्ती बिबादमा सहजीकरण गरिरहेको र मेलमिलाप कर्ताहरु तयार गर्नकोलागी तालिममा सहजीकरण गरिरहेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय