सिन्धुपाल्चोक । नेकपा (एमाले)ले सुरु गरेको मिसन ग्रासरुट अभियानमा जिल्लाका चौध हजारबढी नेता कार्यकर्ता परिचालित भएका छन् । संगठन सुदृढीकरण, शुद्धिकरण र विस्तारको योजना अनुरुप सुरु भएको अभियानका क्रममा जिल्लाभरका सात सय टोलसम्ममा संगठनात्मक संरचना निर्माण तथा सक्रियता गराईएको जिल्ला अध्यक्ष कमल नेपालले जानकारि दिनुभयो । टोल, वडा, पालिका, जिल्ला, प्रदेश, केन्द्र र जनसंगठन समेत सो अभियानमा सक्रियताकासाथ लागिरहेको नेपाल बताउनुहुन्छ । ‘माथिल्लो कमिटीका साठी प्रतिशत र तल्लो तहको सतप्रतिशत नेता कार्यकर्ता मिसन ग्रासरुटमा जोडिएर जिम्मेवारी पूरा गनुभएको छ ।’ अध्यक्ष नेपाल भन्नुहुन्छ । अभियान अन्तर्गत सिन्धुपाल्चोकमा त्रिपुरासुन्दरी गाउँपालिका मा सुरु भएको र अन्य स्थानीय तहमा अभियान समापनको तयारीमा पुगेको नेकपा एमाले सिन्धुपाल्चोकले जनाएको छ । वडा तह सम्मका सबै संगठनको संरचनाको बैठक, भेला, योजना निर्माण संचालन भएको नेकपा एमालेका केन्द्रीय सदस्य सोम मिश्रले जानकारि दिनुभयो । मिश्रका अनुसार हरेक वडामा कम्तीमा एक सय पचास जना पार्टी सदस्य अभियानमा जोडिएका छन् र बैचारिक सहस समेत गयरएको छ । चौतारा नगरपालिका, ईन्द्रावती र जुगल गाउँपालिकाको अभियानमा सहभागी भएर फर्किनुभएका मिश्र भन्नुहुनछ, –‘ग्रासरुटप्रति आम धारणा सकारात्कम रहेछ र स्थानीय नेता÷कार्यकर्ता अविचलित हुनुहुँदो रहेछ ।’
फागुन ८ देखि सिन्धुपाल्चोकमा सुरु भएको मिसन ग्रासरुटको हेलम्बु गाउँपालिकाबाट सुरुवात गरी हेलम्बु, पाँचपोखरी गाउँपालिका र मेलम्ची नगरपालिकामा तोकिएका कार्यक्रमहरु सम्पन्न उन्मुख रहेको केन्द्रीय सदस्य माधव ढुंगेल बताउनुहुन्छ । संगठन परिचालनको अवस्था, सुधार, स्थानीय अन्तरविरोध र यसका छिटाहरुलाई निराकरण गर्न अभियान सफल भएको छ ।
‘देशमा भएका परिवर्तन, विकास र समृद्धिमा नेकपा एमालेको भूमिकाप्रति ग्रासरुटमा स्थानीयको एमालेप्रतिको भरोसा र अपेक्षा दुबै रहेको पायौँ’– बलेफी, भोटेकोशी र बाह्रविसे नगरकको अभियानमा रहनुभएका केन्द्रीय सदस्य निर्मल भट्टराई भन्नुहुन्छ ।
सुनकोशी र लिसंखुपाखर को अभियानमा खटिनुभएका मनोजंग थापा योजना निर्माण, समिक्षा, स्थानीय पार्टी पंक्तिको माग, सुझाव तथा गुनासो संकलन गर्दै पार्टीको अभियानमा रहेका सुदृढ र विस्तारित एमाले निर्माणको क्रम निरन्तर संचालन हुने बताउनुहुन्छ । थापा भन्नुहुन,–‘टोल, वडामा जनसरोकारका मुद्दामा गहिरो छलफल भएको छ ।’
‘संगठनलाई चुस्त बनाउन भरपूर लागिरहेका छौ’, एमाले बलेफी पालिका कमिटीका अध्यक्ष नारायणकाजी श्रेष्ठ भन्नुहुन्छ, ‘पार्टीको सबै संरचनालाई चलायमान वनाएका छौ ।’
पलिका, वडा तथा टोल सम्म अभियान लिएर पुग्यौ र सबै जनसंगठनलाई जिम्मेवारी सहित चुस्त वनाईएको एमाले मेलम्ची नगर कमिटी अध्यक्ष विजयकृष्ण श्रेष्ठ बताउनुहुन्छ । जनसरोकारका मुद्दा स्थानीय सरकारसम्म पु¥याउन अभियानले सहयोग पुगेको सुनकोशी गाउँपालिका कमिटीका अध्यक्ष प्रेमलाल लामा बताउनुहुन्छ । ग्रासरुट अभियानले पार्टी चलायमान भएको र कार्यकर्तामा उत्साह भरिएको ईन्द्रावती गाउँपालिका कमिटीका अध्यक्ष शशिनाथ आचार्य बताउनुहुन्छ । ‘सामाजिक अभियान्ता, फरक पार्टीका नेता कार्यकर्ताले समेत हाम्रो अभियानको प्रशंसा गरेका छन्’– एमाले चौतारा नगर कमिटी अध्यक्ष खिलबहादुर श्रेष्ठ भन्नुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय