मेलम्ची । मेलमिलाप सम्बन्धि आधारभूत तालिम मेलम्चीमा सम्पन्न भएको छ । सामुदायिक मेलमिलाप केन्द्रको आयोजना ,मेलम्ची नगरपालिकाको आर्थिक सहयोग र प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालको सहजीकरणमा गत १७ गतेबाट सुरु भएको तालिम आज समापन भएको हो । समापन कार्यक्रमका प्रमुख अतिथि मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानले न्यायीक सम्पादनको कार्यले फड्को मार्ने बिश्वास लिएको बताउनुभयो । तालिम सिकेपछि वडामा हुने विवादहरु हल गर्न सहज हुने भन्दै उहाँले सिकेका कुराहरुलाई व्यबहारमा लागु गर्न आग्रह गर्नुभयो । वडामा विवाद मिलाउदा कतिपय वडामा वडा सदस्य हरुले मेलमिलाप कर्ताहरुलाइ हस्तक्षेप गर्ने गरेको गुनासो आएको सुनाउदै उपप्रमुख प्रधानले त्यसो हुन दिन नहुने बताउनुभयो ।

उहाँले कसैलाई पनि आफ्नो मान्छे र अर्को मान्छे भनेर हेर्न हुँदैन भन्ने कुराको ख्याल गर्न मेलमिलाप कर्ताहरुलाई सुझाव दिनुभयो कार्यक्रममा न्यायीक समिति सदस्य श्रीकृष्ण श्रेष्ठले न्यायीक समितिको जगमा बसेर धेरै भन्दा धेरै सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले धेरै पहिलादेखिनै यस्तो तालिमको अपेक्षा गरेको सुनाउँदै सिकेका उपलब्धीलाई ब्यबहारमा उतार्ने बताउनुभयो ।
उहाँले सकारात्मक सोचले समाज विकास गर्न तालिमले महत्त्वपूर्ण भुमिका खेलेके दावि गर्नुभयो । प्राकृतिक श्रोत द्वन्द रुपान्तरण केन्द्र सिन्धुपाल्चोकका अध्यक्ष नेत्रप्रसाद धितालले फाटेका मन सिलाउने डाक्टरको जिम्मेवारी पाएकोमा बधाई तथा सुभकामना ब्यक्त गर्दै आफुले पाएको अवसरलाई जिम्मेवार ढंगले पुरा गर्न आग्रह गर्नुभयो । दिगो शान्तिको लागि उन्नत सम्बन्ध हुन आवश्यक रहेको बताउदै मजवुद सम्बन्ध बनाएर अगाडि बढेमा मात्र शान्त समाज निर्माण गर्न सकिने उहाँको भनाई थियो ।

कार्यक्रममा सामुदायिक मेलमिलाप कर्ता समाज सिन्धुपाल्चोकका अध्यक्ष टिका सुवेदीले तालिम निकै उपलब्धि मुलक भएको बताउनुभयो । उहाँले समाजमा धेरै विवादहरु छन् त्यसलाई संबाद मार्फत समाधान गरेर अगाडि बढ्नुनै यस्को मुख्य लक्ष्य र उद्देश्य रहेको बताउनुभयो । मेलमिलापको माध्यम बाट समृद्धि संभव भएको बताउदै समाज परिबर्तनको संबाहकको रुपमा काम गर्न आग्रह समेत गर्नुभयो ।

सामुदायिक मेलमिलाप केन्द्र मेलम्ची नगरपालिकाका सचिव केशव पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रममा न्यायीक समिति सदस्य सरिता पराजुलिले स्वागत मन्तव्य राख्नुभएको न्यायीक सहजकर्ता अस्मिता अर्यालले जानकारी दिनुभयो । कार्यक्रममा सहभागिहरुले तालिम फलदायि भएको भन्दै खुशि ब्यक्त गर्दै सिकेका कुरा वडामा गएर लागु गर्ने प्रतिवद्धता जनाएका छन् । नगर स्तरिय मेलमिलाप सञ्जालका अध्यक्ष शिव नेपालको अध्यक्षतामा भएको कार्यक्रममा सम्पर्क ब्यक्ति सहित ३५ जना मेलमिलाप कर्ताहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको समापन गर्दै सभापति नेपालले कतिपय वडामा अझैपनि मेलमिलापकर्ताहरु सक्रिय हुननसकेको भन्दै दुख ब्यक्त गर्नुभयो । उहाँले वडामा भएका मेलमिलाप कर्ता र सम्पर्क ब्यक्तिहरु सक्रिय भएर लागेमा मात्र विवाद रहित वडा निमाणर्् गर्न सकिने भन्दै वडामा हुने सानातिना विवादलाई त्यहिं समाधान खोज्नुपर्नेमा जोड दिनुभएको थियो ।तालिमको पार्वती विक, सुरज ढकाल लगायतले सहजिकरण गर्नुभएको अर्यालले जानकारी दिनुभयो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय