मेलम्ची / मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानले हाम्रै गाउँठाउँमा भएको स्रोत र साधनको उपयोग गरेर मनग्य आम्दानी गर्न सकिने बताउँनु भएको छ । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत सीप विकासको लागि २ महिने तालीमको आज समापन गर्दै प्रमुख अतिथि मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानले स्थानीय सरकारले गरेको लगानी दुरुपयोग नगर्न समेत आग्रह गर्नुभयो । उहाँले सिप सिकाएर आत्मनिर्भर बनाउनका लागि यो तालिम प्रदान गरिएको उल्लेख गर्दै तालीम तालिममै मात्र सिमित नगर्न आग्रह गर्नुभयो । उहाँले हाम्रै गाउँठाउँमा भएको स्रोत र साधनको उपयोग गरेर मनग्य आम्दानी गर्न सकिने बताउदै यस्को भरपुर उपयोग गर्न समेत सुझाव दिनुभयो । उपप्रमुख प्रधानले मेलम्ची नगरपालिकालाइ छिट्टै प्लास्टिक मुक्त बनाउने योजना रहेको जानकारि गराउदै यसको सुरुवात वडा नम्बर २ बाट गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमका विशेष अतिथि वडा नम्बर २ का वडा अध्यक्ष नगेन्द्रप्रसाद खतिवडाले सिप सिक्नुनै ठुलो कुरा भएको बताउनुभयो । उहाँले सिप सिकिसकेपछि आम्दानीको स्रोत बढ्ने भएकाले कामलाई निरन्तरता दिन सकेमा अहिलेका प्रशिक्षार्थी भोलिको दिनको प्रशिक्षक हुन सक्ने बताउनुभयो । उहाँले होमस्टे, लघुउद्धम विकास लगायतका कुरामा वडाले अहिले लगानी गरिरहेको उल्लेख गर्दै आगामी दिनमा समेत आवश्यकताको आधारमा यस्ता तालिमको आयोजना गर्नका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । बनेका सामाग्रीहरु नगरपालिका भित्रका अन्य सरकारि तथा गैह्रसरकारि संस्था, विद्यालय लगायतका स्थानमा बिक्रि गर्ने वातावरण नगरपालिकाले बनाउनुपर्नेमा अध्यक्ष खतिवडाले जोड दिनुभयो ।

कार्यक्रममा रोजगार शाखा संयोजक रन्जन श्रेष्ठले सिप सिक्दा हुने फाइदा ,तालिममा लगानी गर्नुका कारण लगायतका विषयमा जानकारी गराउनुभएको थियो । उहाँले कृषि भन्दा वैकल्पिक कार्यबाट पनि आम्दानी गर्दै जिविकोपार्जन गर्न सकिने बारेमा आधार सहित आफ्नो धाराणा राख्नु भएको थियो । कार्यक्रममा सामुदायिक सिकाई केन्द्रका अध्यक्ष एवम् स्थानिय कुमार चौलागाईले तालिमले धेरै फाइदा भएको बताउनुभयो । उहाँले कृषि पेशामा देखिएका विभिन्न समस्याबाट निराशा पैदा भएको स्थानियमा तालिम पश्चात् नयाँ आसा पलाएको दावि गर्नुभयो । तालिममा सहभागिहरुले सिकेका सिपलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन् । उनिहरुले अझै धरैकुरा सिक्न बाँकि रहेको बताउँदै थप तालिमको समेत अपेक्षा राख्नुभयो । तालिम लिए संगै स्थानीयले जिविकोपार्जनमा सहजता हुने बिश्वास लिएका छन् ।

नगरकार्यपालिका सदस्य एवम् वडा सदस्य गोमा दुलालको अध्यक्षतामा भएको कार्यक्रम सरिता विश्वकर्माले सञ्चालन गर्नुभएको जिविकोपार्जन परियोजनाकी सहजकर्ता कल्पना जिम्बाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय