सिन्धुपाल्चाेक । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालय मेलम्चीमा वार्षिक केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमका बिशेष अतिथि इलाका प्रहरी कार्यालय मेलम्चीका प्रमुख नवराज सापकोटाले ऋण लिइसकेपछि तिर्नै पर्ने हुनाले बाहिर हल्लामा लागेर ऋण तिर्न पर्दैन भन्नेहरुको भ्रामक कुराको पछी नलाग्न आग्रह गर्नुभयो । उहाँले बुझेर मात्र हरेक क्षेत्रमा लगानी गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नवलपुर शाखाका प्रमुख सविता सापकोटा, तिपेनी प्रमुख हरिलोचन नेपाल, सिपाघात शाखा प्रमुख दिपेष लामा, रेडियो मेलम्चीका स्टेशन म्यानेजर देवराज सुवेदी लगायतले वित्तीय साक्षरता लगायत बिषयमा प्रष्ट पार्नु भएको थियो ।
२०४८ सालमा स्थापना भएको संस्थाले अहिले १४ जिल्लामा ३६ शाखा बिस्तार गरेर सेवा दिइरहेको छ । संस्थाको हाल ३४ हजार ४ सय ३२ जना कुल सदस्य रहेका छन् भने २० हजार ८६६ जना कुल ऋणि रहेको संस्थाकि प्रमुख कार्यकारी अधिकृत शोभा ब्रजाचार्यले जानकारी दिनुभयो । कार्यक्रमकि अध्यक्ष समेत रहनुभएकि ब्रजाचार्यले संस्थाको परिचय, इतिहास, संचालन प्रक्रिया लगायतका बारेमा जानकारी गराउनुभएको थियो ।

संस्थाको कुल बचत ८४ करोड ८६ लाख ८ हजार ४०७ रहेको ब्रजाचार्यले जानकारी दिनुभयो । संस्थाको मेलम्ची शाखामा १ हजार ३ सय जना जम्मा सदस्य रहेको छ भने ६०५जना जम्मा ऋणि रहेको शाखा प्रबन्धक जुनि केसीले जानकारी दिनुभयो ।

संस्थाको मेलम्ची शाखाबाट सुत्केरी भत्ता १८ जनालाई , ८ जना मृत्यु भएका सदस्य, सदस्यको श्रीमानको मृत्यु भएका ५ जनालाई विमासुविधा प्रदान गरिएको शाखाले जनाएको छ । कार्यक्रममा सहभागी केन्द्र प्रमुखहरुले आफ्ना प्रगती तथा समस्याहरु राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय