काठमाडौं । स्थानीय तह निर्वाचनमा उम्मेदवारी दर्ता गर्नेहरू विरुद्ध आज दाबी/विरोधको उजुरी दिन पाइने भएको छ । 

निर्वाचन आयोगले तोकेको योग्यता पूरा नभएका उम्मेदवारहरूविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आज उजुरी दिन पाइने भएको छ।  

आज उजुरी दिने समय आयोगले यसअघि नै तोकेको छ । आयोगमा परेको उजुरीमाथि वैशाख १४ र १५ गते जाँझबुझ हुनेछ ।जाँझबुझपछि मात्र उम्मेदवारहरूको नामावली प्रकाशन हुनेछ । आयोगले अन्तिम नामावली वैशाख १६ मा प्रकाशन गर्नेछ ।

उम्मेदवार बनेकाहरूले १७ वैशाखमा निर्वाचन चिह्न प्राप्त गर्नेछन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय