काठमाडौँ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन नजिकिँदै जाँदा नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गतको आङ्गिक क्याम्पस वाल्मीकि विद्यापीठमा ताला लागेको छ । मनोनयन दर्ताको दिन नेकपा एकिकृत समाजवादी निकट विद्यार्थी संगठन (अनेरास्ववियू) ले लगाएको तालामा फेरी नेपाली काँग्रेस निकट विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी सङ्गठन (नेविसंघ) ले ताला लगाएको हो । 

निर्वाचन प्रक्रियामा विद्यापीठले अमुक विद्यार्थी सङ्गठनसँग साँठगाँठ गरेर निर्वाचन प्रक्रियालाई अवरुद्ध पार्न खोजेको नेविसंघको आरोप छ । नेविसंघले निर्वाचन समितिका पदाधिकारी र प्राचार्यलाई निषेध भन्दै विद्यापीठ परिसरमा ब्यानर टाँगेको छ । 

देशभरका क्याम्पसहरूमा गत फागुन २७ गते उम्मेदवारको मनोनयन दर्ता भए पनि वाल्मीकि विद्यापीठमा भने निर्वाचन प्रक्रिया अवरुद्ध भएको हो । 

निर्वाचन समिति अफ्ठेरोमा परेको भन्दै नेविसंघलाई वार्ताका लागि मङ्गलवार बिहान १० बजे बोलाइएको थियो । तर,वार्तामा नेविसंघ नआएपछि विद्यापीठका निर्वाचन समितिका संयोजक शान्ति कृष्ण अधिकारी फोन अफ गरेर फरार भएको एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले आरोप लगाएको छ । 

‘निर्वाचन प्रक्रियालाई बिथोल्न निर्वाचन समिति लागेको छ । अमुक विद्यार्थी सङ्गठनको इसारामा चलेर स्ववियु निर्वाचन नगराउने पक्षमा निर्वाचन समिति लागेको छ । यसको अनेरास्ववियु घोर भर्त्सना गर्दछ’,अनेरास्ववियु वाल्मीकि क्याम्पस कमिटीका सचिव खिलचन्द्र गौतमले बताउनुभयो । ‘हामी तालाबन्दीको विपक्षमा छौँ स्वच्छ ढङ्गले निर्वाचन गराउन विद्यार्थी सङ्गठनलाई पनि मेरो आग्रह छ’,उहाँले भन्नुभयो । 

देशभर स्ववियु निर्वाचन चैत ५ गते हुँदैछ । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय