Site icon Subhatime

दिगो विकासकाे मुख्य आधार नै कृषि हो : प्रजिअ पौडेल

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी पूण्य विक्रम पौडेलले दिगो विकासका लागि कृषिलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।

उहाँले कृषि विना दिगो विकास सम्भव नभएको भन्दै कृषिलाई गुणस्तर सहित अगाडि ल्याउनुपर्नेमा जोड दिनुभयो । आपसी सहयोग केन्द्र स्याङ्जा नेपाल आस्क नेपाल काभ्रे एकिकृत ग्रामीण सशक्तिकरण कार्यक्रमको हाल सम्मको प्रगती समिक्षा कार्यक्रममा प्रजिअ पौडेलले संस्थाले नतिजा ल्याउने गरी वास्तविक कृषक सम्म पुगेर काम गरिरहेको उल्लेख गर्नुभयो ।

उहाँले कृषिलाई विकास गर्नका लागि स्थानिय तह, कृषिसँग सम्बन्धीत विभिन्न निकाय,सघंसंस्था र कृषक स्वयम मिलेर काम गर्नुपर्ने बताउनुभयो । कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएका पाैडेलले उत्पादनले बजार खोज्ने र बजारले उत्पादन खोज्ने भएकाले एक अर्कामा परिपुरक रहेको बताउँदै ब्यबशायीक उत्पादन गरेर बजारको ग्यारेन्टी गर्नुपर्ने बताउनुभयो ।

कृषिलाई अर्गानीक खेतीमा आवद्ध गर्नका लागी स्थानिय पाठ्यक्रममा पनि विकास गर्दै जानुपर्ने पौडेलले बताउनुभयो । कार्यक्रममा मण्डन देउपुर नगरपालिकाका प्रमुख टोक बहादुर वाइबाले कामलाई परिणाममुखी बनाउनुपर्ने बताउनुभयो । उहाँले जनप्रतिनिधि र संस्था मिलेर काम गर्नुपर्ने उल्लेख गर्दै विचौलियाका कारण उत्पादित वस्तुले बजार मुल्य नपाउने समस्याको अन्त्य गर्नुपर्ने बताउनुभयो ।

उहाँलेतिनै तहको सरकार मिलेर ब्यापक परिवर्तन गर्न आवश्यक रहेको बताउनुभयो । नगर प्रमुख वाईवाले बालिविमाको अवधारणा अघिसार्दै यसले कृषकलाई ठुलो राहत मिल्ने बताउनुभयो । नगर उपप्रमुख विष्णुमणी नेपालले नेपालको समृद्धिका लागी विजुली, पर्यटन र कृषिलाई प्राथमीकताका साथ अगाडी बढाउन पर्ने बताउनुभयो । उहाँले एक्लै नभएर सबै मिलेर एउटै कार्यक्रम गर्दा प्रभावकारी हुने बताउनुभयो । उहाँले कार्यक्रम गरेपछि अनुगमन र निरिक्षणको कामलाई पनि प्राथमीकता दिनुपर्नेमा जोडदिनुभयो ।

कार्यक्षेत्रमा लक्षित स्थानीय नागरिकहरुको आर्थिक,सामाजिक, सांस्कृतिक र मानविय विकास र सेवाका लागी ब्यक्तिगत तथा संस्थागत क्षमता विकासका लागी काम गरिरहेको संस्थाले एकिकृत ग्रामीण विकास, साझेदारी विकास स्थानिय लोकतन्त्र प्रवर्धन,प्रांगारीक वाली प्रर्वर्धन र विकास लगायतका मुख्य कार्यक्रम सञ्चालन गरिरहेको छ । संस्थाले जीविकोपार्जन सुधारको लागी व्यबशाय प्रर्वधन लघुउद्यम विकास, उच्चतम कृषि संरक्षण र विकास, जलवायु परिवर्तन अनुकुलन पोत्साहन लगायतका काम गरिरहेको आस्क नेपालका अध्यक्ष रुकुमदत्त पौडेलले जानकारी दिनुभयो ।

कार्यक्रममा कृषि ज्ञान केन्द्र काभ्रेका प्रमुख तेजप्रसाद दवाडीले नेपाल सरकारको लक्ष्य नै अर्गानिक खेतीलाई प्रर्वधन गर्दै दिगो कृषि उत्पादन गरि कृषकको जीवनस्तर उकास्नु रहेकाले सोहि अनुसार संस्थाले काम गरिरहेको बताउनुभयो । उहाँले पर्यटन क्षेत्रलाई मात्र नभएर अर्गानिक खेतिले आम सर्वसाधारणलाई फाइदा पुग्ने भन्दै यसको महत्व बुझउन आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा त्रिकोण डेनमार्ककका नेपाल संयोजक रविन बोगटीले नगरकोटमा प्रशोधन केन्द्र र विक्रि केन्द्रको स्थापना गर्न सकेमा यहाँका किसानलाई राहत मिल्ने बताउनुभयो ।

उहाँले काभ्रे राजधानी बाट नजिकै रहेकाले उत्पादित बस्तुको बजारीकरणको समस्या नरहेको बताउनुभयो । कार्यक्रममा नगरपालिकाका कृषि विकास शाखा प्रमुख गोपाल सापकोटा,वडा नम्बर ३का वडा अध्यक्ष पुरुषोतम बजगाईँ, पर्यटन ब्यबशायी नविन गुरुङ लगायतले आप्नो धारणा राख्नुभएको थियो । कार्यक्रम प्रर्वन्धक प्रल्हाद तिमल्सीनाले कार्यक्रमको उद्धेश्य,र योजना बारे प्रष्ट पार्नुभएको थियो भने कार्यक्रम हरिप्रसाद ढकालले सञ्चालन गर्नुभएको थियो । संस्थाले हाल काभ्रेको १,२,३ र ४ गरि ४ वटा वडामा काम गरिरहेको आस्क नेपालका मण्डन देउपुरका शाखा प्रमुख बद्रिप्रसाद माकले जानकारी दिनुभयो ।

Exit mobile version