मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई समान व्यवहार गरिने बताउनुभएको छ । शनिबार सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ स्थित प्रगति अंग्रेजी माध्यमिक विद्यालयको ३१ औँ बार्षिकोत्सव तथा सम्मान कार्यक्रमका प्रमुख अतिथि उहाँले सो कुरा बताउनुभएको हो । उहाँले ऐन संशोधन गरेर भएपनि संस्थागत बिद्यालयहरुलाई पनि सहयोग गरिने बताउनुभयो । सोही क्रममा नगरपालिकाका उपप्रमुख उमा प्रधानले गुणस्तरीय शिक्षा प्रदान गर्न संस्थागत बिद्यालयहरुले पनि समुदायलाई सहयोग गरेकाले कुनै विभेद गर्न नहुने धारणा राख्नुभयो ।

बिद्यालयको बार्षिकोत्सवको अबसरमा हरेक बर्ष गरिदै आएको प्रगति सम्मान कार्यक्रमबाट यो बर्ष पनि तीन जना सम्मानित भएका छन् । बिद्यालयले प्रदान गर्ने प्रगति पत्रकारीता सम्मान २०७९ बाट पत्रकार दिनेश थापा, प्रगति साहित्य सम्मानबाट किशोर बुढाथोकी र प्रगति लोक गीत सम्मानबाट लोक गायक पदम दुलाल सम्मानित हुनुभएको सम्मान कार्यक्रमका संयोजक डम्बर रसिक भारतीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय