मेलम्ची भ्यालि क्यापस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को सभापति पदका लागि २ जनाले मनोनयन दर्ता गराएका छन । त्रिभुवन विश्वविद्यालयले सार्वजनिक गरेको स्ववियु निर्वाचनको कार्यतालिकाअनुसार आज क्यापसमा उम्मेद्वारी दर्ता गराईएको हो ।
स्ववियुको सभापतिका लागि नेविसंघबाट रणजित कार्की बाम विद्यार्थी गठबन्धन को अनेरास्ववियुबाट पवन कुमार लामिछानेको उम्मेद्वारी दर्ता भएको क्यापस स्ववियु निर्वाचन समितिले जनाएको छ ।

समानुपातिक तर्फको नामावली पनि दाखिला भैसकेको निर्वाचन अधिकृत टिका कुमार थापाले जानकारी दिनुभयो । स्ववियु निर्वाचनको मतदान ५ चैतमा बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय