वर्तमान परिप्रेक्ष्यको समाज समयानुकूल परिवर्तित तथा परिमार्जित त हुन्छ नै । केही सापेक्षिक प्रतितत्त्वहरू केही उकासिनु त केही भासिनु स्वाभाविकै छन् र ध्रुव सत्य नि छन्। विशेषतः हाम्रो देश नेपाललगायतका पूर्वी दार्शनिक तथा आध्यात्मिक देशहरू भित्रका पुरातनवादी परम्परागत शैली र सिद्धान्तअनुरूप सलबलाउने पर्यावरण तथा समाज प्रति यो विश्लेषण केन्द्रीकरण हुनेछ ।

हाम्रो पुरातनवादी सोचविचार भन्नाले हाम्रा पुर्खा अर्थात् हामी भन्दा अगाडिका पिँढी वा पुस्ताले उपयोग गरेका उनीहरूले जोगाएको एउटा छुट्टै अस्तित्व जुन हेर्दा सुन्दा र त्यसलाई एक किसिम बाट अनुभूत गर्दा निकै सुन्दर र सुगन्धित फुलहरूको अत्तर झैँ हाम्रो मन मस्तिष्कमा मिठासिय प्रतितत्त्वहरू फैलिरहेका हुन्छ ।

जस्तो कि एउटा उदाहरण पुरुषले लगाउने दौरा सुरुवाल, ईष्टकोट हो भने महिलाले लगाउने गुन्यु चोली लगाएका मनमोहक बनाउने यावत पहिरनहरू आजको समयमा हराउँदै लोप हुँदै गएको अवस्थामा आफ्नो पुरातन संस्कृति बिर्सँदै गएको भुल्दै गएको त्यस प्रति कुनै इच्छा चासो नहुनु विशेषतः देशका कर्णधार मानिने युवाले त्यस संस्कृति प्रति बेवास्ता गर्दा आज भन्दा पछिको समयमा यो संस्कृतिलगायतका कुराहरू एकादेशको कथामा परिणत हुने अवस्था नआउला या नहोला भन्न सकिँदैन लगभग लगभग यो निश्चय नै छ।

तर वर्तमान समयमा भने यस क्षेत्रमा सकारात्मक हौसलाका साथ खुसीयालीका कलिलो पाउलाहरूको प्रतिबिम्ब पलाएको छ । यो कलिलो बिम्ब तथा पाउला लाई अथवा हराभरा वनस्पति सरहका हाम्रा परम्परालाई हामी भन्दा अग्रज पुस्ताहरूले त स्वतः बचावटमा लागिरहनु भएको छ । हामी युवा पुस्ताले नि त्यस कलिलो वनस्पति सरहका पौराणिक , परम्परा लाई एउटा छुट्टै किसिमको मल ,जल गर्ने अद्भुत मानसिकता विकास हुनु ,त्यस परम्परा लाई जगेर्नाका साथ संवर्द्धन गर्नु यो एउटा अध्यात्मवादी समाजका निमित्त ,कुनै निश्चित भूगोलका निमित्त, सम्पूर्ण राष्ट्रका निम्ति सुखद हर्षोल्लास मय कुरा भएको छ।

पूर्वी दार्शनिक अध्यात्मवादी देशहरूले यसलाई आत्मसात् गरेकै देखिन्छ। यद्यपि पाश्चात्य देशहरूले नि यसलाई वैज्ञानिक दृष्टिकोणबाट नि उपयुक्त ठानेका छन्। यस सकारात्मक प्रवृत्तिलाई अझै आत्मसात् गरी हामी भन्दा ठिक पछिल्ला पुस्ताहरूलाई समेत समेटेर अघि बढ्न जरुर छ र ती पुस्तालाई यस परम्परा र प्रवृत्तिको बारेमा सत्यताको अफवाह , त्यसमा रहेको फाइदा र त्यसले हाम्रो जीवनमा पार्ने सकारात्मक प्रभावका बारेमा प्रस्ट्याउन जरुरत छ र अभिप्राय प्रस्टता छाइरहेको समेत छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय