मेलम्ची न पा ११ स्थित जिल्लाकै प्रतिष्ठित संस्थागत विद्यालय प्रगति अंग्रेजी मा वि मेलम्चीको ३१औं वार्षिकोत्सव समारोह फाल्गुन २७ गते गर्ने भएको छ । कार्यक्रम मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्य र उपप्रमुख उमा प्रधानको विशेष आतिथ्यतामा विहान १०:०० बजे देखि विद्यालय प्राङ्गणमा संचालन हुनेछ।वार्षिकोत्सव समारोहमा विद्यार्थीहररुको प्रतिभा प्रदर्शनी, प्रगति सम्मान कार्यक्रम, एस.ई.ई. सम्मान, पुर्व प्रा वि दीक्षान्त कार्यक्रम, पुरस्कार वितरण लगायतका विविध साँस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु हुने विद्यालयका प्रिन्सिपल ऋषिराम नेपालले बताउनुभयो। सिन्धुपाल्चोक जिल्लामा जन्मेर विभिन्न विधामा योगदान पुर्याउने ब्यक्तित्वहरुलाई सम्मानित गर्न २०६२ सालदेखि शुरु गरिएको प्रगति सम्मान कार्यक्रम जिल्लाकै एक प्रतिष्ठित सम्मान हो। प्रगति सम्मानमा यस वर्ष पत्रकारिता तर्फ नेपाल प्रेसका दिनेश थापा, साहित्य तर्फ ईकागजका किशोर बुढाथोकी र सँगीत तर्फ लोक गायक पदम दुलाल लाइ सम्मानित गर्ने कार्यक्रम तय भएको प्रगति सम्मान कार्यक्रमका संयोजक डम्बर रसिक भारतीले जानकारी दिनुभयो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विजयकृष्ण श्रेष्ठले विद्यालयको पुनर्निर्माण र बहुपक्षीय स्तरीकरणको समयमा हुदै गरेको वार्षिकोत्सवले सिन्धुपाल्चोकको शिक्षामा नया आयामको उद्घोष गर्ने विश्वास व्यक्त गर्नुभयो। विद्यालयले कार्यक्रममा सहभागी हुन सम्पुर्णमा सादर निमन्त्रणा गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय