Site icon Subhatime

फरक क्षमता भएका विद्यार्थीसंग मनाए पत्रकार खड्काले आफ्नो जन्मदिन

रेडियो मेलम्ची तथा हिमालय टेलिभिजनमा कार्यरत पत्रकार सागर खड्काले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ११ मा रहेको ईन्द्रेश्वरी माध्यामिक विद्यालयमा अध्यनरत फरक क्षमता भएका बालबालिकासंग आफ्नो ३७ आौ जन्मदिन मनाउनुभएको छ ।
उहाँले बालबालिकासंग आफ्नो जन्मदिन मनाउन पाएकामा खुशी व्यक्त गदै त्यहाँ अध्यनरत २३ जना बालबालिकाको लागि गर्मी यामका लागि आवश्यक लत्ता कपडा व्यस्थापन गर्ने समेत प्रतिबद्धता जनाउनुभयो ।
उहाँले जन्मदिनको अवसरमा केही खाद्यान्नका लागि रकम तथा फलफुल वितरण समेत गर्नुभयो । विद्यालयमा बालबालिकासगं जन्मदिन मनाएकामा प्रधानाध्यापक देवी श्रेष्ठले आभार प्रकट गर्नुभयो ।

Exit mobile version