सिन्धुपाल्चोक । मेलम्ची नगरपालिकाकाले धनकुटा नगरपालिकालाई मेलम्ची भ्रमणका लाग निम्तो गरेको छ । मेलम्ची नगरपालिकाका ‘जनप्रतिनिधिहरुको अध्ययन अवलोकन भ्रमण’को टोलीले धनकुटा नगरपालिकालाई भ्रमणका लागि निम्तो गरेको हो ।

मङ्गलबार धनकुटा नगरपालिकाले अवलम्बन गरेको विकासका गतिविधिहरुको अध्ययन अवलोकन गर्दै मेलम्ची नगरपालिकाका जनप्रतिनिधिको टोलीले धनकुटा नगरपालिकाले लामो समयदेखि सञ्चालनमा ल्याएको फोहोर मैला व्यवस्थापन केन्द्रको अवलोकन गरेको छ ।

अवलोकन पश्चात मेलम्ची नगरपालिकाकी उपप्रमुख उमा प्रधानले धनकुटा नगरपालिकाले जस्तै मेलम्ची नगरपालिकाले पनि फोहोर व्यवस्थापनमा सोही विधि अवलम्बन गर्नुपर्ने बताउनुभयो । उहाँले विकास निर्माणमा सहकार्य र समझदारीमा नगरपालिकाहरु एकजुट हुनुपर्नेमा जोड दिनुभयो । त्यस्तै मेलम्ची नगरपालिकाका राजस्व शाखा प्रमुख राजेन्द्र दुलालले दुबै नगरपालिका एक आपसमा सहकार्य गरेर सिकाई र अनुभवलाई साटासाट गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय