सिन्धुपाल्चोक । गायिका तथा मोडल सुचिन्दा श्रेष्ठको “तिमी मेरो“ बोलको गीत भावसागर युट्युव च्यानल मार्फत सार्वजनिक भएसंगै नेपाली साङगितिक बजारमा यो गीतले चर्चा बटुल्न थालेको छ ।

कालो केसमा रेलिमाई, फुलबुट्टे सारी, गाजल टिकि जस्ता चर्चित म्युजिक भिडियो निर्देशन गरिसकेका युवा निर्देशक राजेश पुमा राईको निर्देशनमा बनेको म्युजिक भिडियोमा मोडल तथा नायक सन्जिब थेबे लिम्बू र गायिका सुचिन्दा श्रेष्ठ स्वयंले अभिनय गरेका छन ।

प्रेमकथामा आधारित गीतको म्युजिक भिडियोले युट्युव र टिकटकमा चर्चा बटुलिरहेको छ। मुलुकको समसामयिक अवस्थाले तीन वर्षदेखि विदेशमा रहेको प्रेमी र नेपालमै आफ्नो प्रेमिलाई कुरिरहने प्रेमिकाबीचको प्रगाढ प्रेमिल भावलाई भिडियोमा समेटिएको छ।

चर्चित निर्देशक राजेशपुमा राइले भिडियो रोमान्टिक र संयोगान्त सन्देशमुलक कथामा प्रस्तुत गर्न सफल भएका छन् । गीतको शब्द वरिष्ठ गीतकार अम्बिका गुरुङले लेखेकी हुन्। वेष्टन पप जनरामा बनेको गीतको एरेन्ज/मिक्स/माष्टर राहुल प्रधानले गरेका छन्। यो गीतको संगीत, चर्चित संगीतकार तथा गायक अमन प्रधानले गरेका हुन ।

गायन र नृत्य कलामा अब्बल सुचिन्दा श्रेष्ठको यस अघि “एक चोटि आईदेउन“ बोलको गीत हाईलाईट्स नेपाल युट्युब च्यानलबाट रिलिज भै सकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय