सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–२ चुरेटारमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ । आजबाट २१ गतेसम्म श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ हुने आयोजकले जनाएको छ । सप्ताह ज्ञान महायज्ञमा पण्डित दिनबन्धु पोखरेल र पण्डित नेत्र भट्टराई कथा वाचन गर्नुहुनेछ । सप्ताहको आज कलश यात्रागर्दै शुभारम्भ गरिएको छ । कलशयात्रापछिको शभारम्भ कार्यक्रममा हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले पण्डित दिनबन्दुले हेलम्बुमा आएर भागवत कथा वाचन गर्दा बिस्वलाइ नै राम्रो सन्देश जाने विश्वास ब्यक्त गर्नुभयो । उहाँले अबको ७ दिन भागवत सुन्दा एक चित्त एक मनले ध्यान दिएर सुन्न आग्रह गर्नुभयो । यो एउटा महत्त्वपूर्ण र ऐतिहासिक काम भएकाले पनि यसको सफल पार्न स्थानीयको अहम भुमिका हुने अध्यक्ष शेर्पाको भनाइ छ ।उहाँले यज्ञ सफल बनाउन गाउँपालिका बाट गर्ने सहयोगमा कुनै कसुर बाँकी नराख्ने बताउनुभयो । कार्यक्रममा वाचन प्रविण दिनबन्दु पोखरेलले आध्यात्मिक र धार्मिक चिन्तन प्रेसित गर्नका लागि पनि यज्ञ महत्वपूर्ण हुने बताउनुभयो । उहाँले एकचित्त एकमन भएर यज्ञ श्रवण गर्न समेत आग्रह गर्नुभयो । उहाँले बौद्ध धर्मावलम्बीलाइ समेत श्रवणका लागि आह्वान गर्नुभयो ।

No description available.
हेलम्बु गाउँपालिकाको धार्मिक तथा पर्यटन प्रवर्द्धन तथा मणिकण्ठेश्वरीदेवी मन्दिर पुनः निर्माणका लागि गरिएको समितिको भनाइ छ ।
स्थानीय लीलाबहादुर जोतीको संयोजकत्वमा ५०१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । साथै महायज्ञमा बुद्ध दर्शनको महिमा वाचनको व्यवस्था समेत मिलाइएको आयोजकले जनाएको छ ।
यो श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा अनिवार्य सहभागी भै भरपुर मनोरन्जन र धार्मिक ज्ञान लिनका लागि आयोजक समितिका सदस्य यम ज्योतीले आग्रह गर्नुभयो । हेलम्बुमा हेलम्बु ग्रेट ट्रेल,पाल्चोक जयबागेश्वरी,आमायाङ्ग्री,ईच्छेश्वर महादेव लगायत धार्मिक र पर्यटकीय स्थल समेत को भ्रमण गर्न सकिने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय