सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाले कृषकलाई लक्षीत गरेर विभिन्न अनुदानका कार्यक्रमहरु सञ्चालन गरेको छ । कृषि मार्फत समृद्ध गाउँपालिका निर्माण गर्ने उदेश्यले कृषकहरुका लागि कृषि सामग्री,फलफुलको विरुवा लगायतका सामग्रीहरु गाउँपालिकाले वितरणको सुरुवात गरेको हो ।


गाउँपालिकाले कृषकसँग ५० प्रतिशत लागत साझेदारीमा फलफु तथा बोट विरुवाहरुमा रोग लाग्दा किटनाशक औषकी प्रयोग गर्ने विद्युतीय स्प्रे गाउँपलिकाले कृषकहरुलाई वितरण गरेको छ । गाउँपालिकाले लागत साझेदारीमा सहभागी हुन सार्वजनिक सूचना आह्वान गरेको र सूचना अनुसार सहभागी हुने कृषकहरुलाई विद्युतीय स्प्रे वितरण गरिएको गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो ।


कृषकहरुको ५० प्रतिशत र गाउँपालिकाको ५० प्रतिशत लागत साझेदारीमा प्रत्येक बस्तीमा दुइ जनाको समुह बनाएर गाउँपालिका भित्रका ६० कृषकहलाई टु इन वान मोडलको विद्युतीय स्प्रे वितरण गरिएको अध्यक्ष तिमिल्सिनाले जानकारी दिनुभयो ।


गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले कृषकहरुको माग भए अरु कृषकहरुलाई पनि केही थान यस्ता उपकरण प्रदान गर्न सकिने बताउनु भयो।

गाउँपालिकाले हिउँदे फलफुलहरु नासपाती, दाते ओखर, किबी, अनार,आरु, जापनीज हलुवाबेद, लप्सीको विरुवा वितरण गरेको छ । गाउँपालिकाले साझेदारीमा उपलब्ध गराएको फलफुल तथा अन्य उपकरणहरुको सदुपयोग गरेर कृषि क्षेत्रमा लाग्नका लागि गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले आग्रह गर्नुभएको छ । गाउँपालिकाले लागत साभलेदारीम छिट्टै वर्षे फलफुलका विरुवाहरु समेत वितरण गर्ने तयारी गरेको गाउँपालिकाका कृषि शाखाका प्रमुख सिताराम खरेलले जानकारी दिनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय