इन्द्रावती ९ स्थित जलेश्वरी आधारभुत बिद्यालयको बिद्यालय ब्यबस्थापन समिति अध्यक्षमा युवा समावसेवी सुनिल तामाङ सर्बसम्मत चयन हुनुभएको छ । त्यस्तै विद्यालयको प्रधानाध्यापकमा बिनोद तामाङ नियुक्त हुनुभएको हो । नवनिर्वाचित अध्यक्ष तामाङले पार्दर्शी एवं कुशल व्यवस्थापनको निर्माण गर्ने, स्वच्छ सफा वातावरणको निर्माण, विषगत एवं दक्ष शिक्षकको व्यवस्थापन गर्ने काम आफ्नो मुख्य प्राथमीकतामा रहेको बताउनुभयो ।


उहाँले आधुनीक प्रविधि अनुकुल प्राविधिक शिक्षण पद्धति र आवश्यक शैक्षिक तालिमको व्यवस्थापन , अंग्रेजी माध्यमबाट अध्ययन ,अध्यापनको सुरुवात गर्ने कुशल व्यवस्थापन,दक्ष शिक्षक अनुशासीत विद्यार्थी र जागुरुप अभिभावक नै गुणस्तर शिक्षण संस्था निर्माणको आधार भएकाले सोही अनुसार आफुले काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।


अध्यक्ष तामाङले सामुहिक शैक्षिक छलफल, स्थानिय उपजमा आधारित जंफुडरहित सामुदायिक विद्यालय दिवा खाजाको व्यवस्था ,अतिरिक्त क्रियाकलापमा विद्यार्थिलाई सक्रिय उपस्तिथि गराउने, आवस्यक भौतिक संरचनाको निर्माण र अध्ययन, अध्यापनको निरन्तर अनुगमन गर्ने कार्यलाई प्राथमीकता दिने बताउनुभयो । उहाँले यसक्षेत्रको शैक्षिक गतिविधिलाई उत्कृष्ट बनाउनका लागि शिक्षक,अभिभावक, विद्यार्थी, तिनै तहको सरकार, शैक्षिक क्षेत्रमा काम गर्ने विभिन्न सघंसंस्था,ब्यक्ती तथा सरोकारवाला निकायसँग निरन्तर सम्पर्कमा रहेर काम गर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय