मेलम्ची नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा स्वास्थ्यकर्मिहरुको लागी बृहत पोषण विशेष प्याकेज क्षमता अभिबृद्धि सम्बन्धी ७ दिने तालिम सम्पन्न भएको छ । २०७९ फागुन ३ गते देखी ९ गते सम्म मेलम्चचीमा तालिम सम्पन्न भएको हो ।
गाउँपालिका अन्तर्गतको बिभिन्न स्वास्थ्य संस्थाहरुमा कार्यरत सबै स्वास्थ्यकर्मिहरुलाई सहभागी गराउने उद्बेश्यले संचालित तालिम कार्यक्रम २ समुहमा संचालन गरिएको थियो । जसमा पहिलो समुह २०७९ माघ २५ देखी फागुन २ सम्म ३२ जना र दोस्रो समुह फागुन ३ गते देखी ९ गते सम्म २४ जनालाई तालिम प्रदान गरिएको मेलम्ची नगरपालिका स्वास्थ्य शाखाका प्रमुख ज्ञानेन्द्र घोरासैनीले जानकारी दिनुभयो ।

पहिलो समुहको कार्यक्रमको सुरुवात माघ २५ गते नगरपालिकाका उपप्रमुख उमा प्रधानले गर्नुभएको थियो भने २ गते समापन नगरपालिकाका प्रमुख आइतमान तामाङले गर्नुभएको थियो । दोस्रो समुहको सुरुवात फागुन ३ गते स्वास्थ्य शाखा प्रमुख ज्ञानेन्द्र घोरासैनीले गर्नुभएको थियो भने समापन नगर पालिकाका प्रशासकिय अधिकृत झपेन्द्र खरेलले गर्नुभएको थियो ।

तालिम कार्यक्रममा गाउँपालिका अन्तर्गतको १८ वटा स्वास्थ्य चौकी र बिद्यालय नर्सहरुको सहभागिता रहेको थियो ।
तालिम कार्यक्रमको सहजिकरण गंगा पौडेल र कुमार सञ्जेलले गर्नुभएको थियो । यसै गरी सबै स्वास्थ्यकर्मीहरुको लागी तालिम संचालन भए पश्चात सबै स्वास्थ्य संस्थाहरु तथा समुदायमा पोषण सम्बन्धि परामर्श,कुपोषणको पहिचान,बर्गिकरण,उपचार एवं आवश्यकता अनुसार प्रेषण गर्ने र पोषण कार्यक्रमको तोकिएको ढाँचामा रेकर्डिङ र रिपोर्टिङ गर्ने कार्यमा एकरुपता कायम हुने अपेक्षा लिईएको छ । तालिम पश्चात सहभागि ज्ञानेन्द्र सिग्देल, आलोक खनाल, रमिता लामा लगायतले आफ्नो अनुभव प्रस्तुत गर्दै आगामी दिनमा लागुपर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय