सिन्धुपाल्चोक। प्रजातन्त्र दिवसको अवसरमा आईतबार सिन्धुपाल्चोकमा मुक्तक मेहफिल कार्यक्रम भएका छन् ।

सिन्धुपाल्चोकका साहित्यमा कृयाशिल संस्था शब्द–सारथिको आयोजनामा र मुक्तक मञ्च सिन्धुपाल्चोक शाखाको सहकार्यमा गरिएकाे उक्त कार्यक्रममा ६ मुक्तककारको ७२ वटा मुक्तक वाचन गरिएकाे थियाे ।

मुक्तक मेहफिलमा मुक्तककार अमित घिमिरे, सुन्दर शिरीष, रमेश श्रेष्ठ, हेमन प्रधान, ऋषिराम अपवाद र केशव आशुतोषले मुक्तक वाचन गरेका थिए ।

सिन्धुको पहिलो मुक्तक संग्रह झरेका फूलहरु वि.सं २०५३ सालमा प्रकाशन भएको थियो । मुक्तकको पहिलो कृति प्रकाशन गरी सिन्धु साहित्यलाई थप उचाईमा पुर्याउन योगदान पुर्याएवापत मुक्तक मञ्चले साेही पुस्तकका कृतिकार जीवन श्रेष्ठलाई ‘मुक्तक सम्राट’ उपाधिद्वारा सम्मान गरिएको थियो ।

कार्यक्रममा को पहिलो खण्डमा कवि दील कार्की, इसान घिमिरे, निर्मल बस्नेतलगायतले सिर्जना वाचन गरेका थिए

स्रष्टा, सारथि, साहित्यनुरागी, बुद्धिजीवि, सञ्चारकर्मीहरुको उल्लेख्य सहभागिता रहेको कार्यक्रमलाई शब्द–सारथिका अध्यक्ष अमित घिमिरेले साहित्यको उन्नयनको लागि संस्थाले स्थापनादेखिनै कृयाशिल रहेर काम गरिरहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय