काठमाडाैँ । नेपाली गीत सङ्गीत र संस्कृति संरक्षणको अभियान राष्ट्रिय एकता सहितको हाम्रो पहिचान भन्ने उद्देश्यका साथ दोस्रो स्टार म्युजिक भिडियो अवार्ड २०२३ को टप ५ नोमिनेसन प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ ।

अशोक बि.क.का अध्यक्षता र पूर्व शान्ति तथा पुन निर्माण मन्त्री सत्य पहाडीको प्रमुख आथित्यतामा सम्पन्न उक्त कार्यक्रम गत शुक्रबार जमलस्थित एल्लाे प्यागाेडा होटेलमा आयोजना गरिएको थियो ।

आधुनिक,लोक,पप तथा विभिन्न भाषा भाषी र सांस्कृतिक म्युजिक भिडियोका ३० विधामा हुन गइरहेको अवार्डको फाइनल अवार्ड वितरण कार्यक्रम भने आगामी मे महिनामा क्यानडाको Toranto शहरमा हुने अध्यक्ष अशोक बि.क. ले जानकारी दिनु भएको छ । स्टार म्युजिक भिडियो अवार्डको उत्कृष्ट मनोनयनमा नेपालको विभिन्न चर्चित कलाकारहरू पर्न सफल हुनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय