Site icon Subhatime

सिन्धु प्याब्सनद्वारा पुर्व प्राथमिक तहका शिक्षकलाई तालिम

सिन्धुपाल्चाेक । नीजि तथा आवासीय बिद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सिन्धुपाल्चोकले एभरेस्ट पब्लिकेसनसंगको सहकार्यमा जिल्लामा प्याब्सनसंग आबद्ध बिद्यालयका पुर्व प्राथमिक तहका शिक्षक र शिक्षिकाहरुलाई एकदिवसीय आधारभूत तालिम सञ्चालन गरेको छ ।

मुख्यत आधारभूत तहका बिद्यालय लक्षित सो तालिम कार्यक्रम काभ्रेको जिरोकिलो स्थित सिन्धु मिलन होटलमा सञ्चालन भएको थियोे । तालिम कार्यक्रममा सिन्धुपाल्चोक जिल्लाका नौ वटा संस्थागत बिद्यालयका ४५ जना पुर्व प्राथमिक तहका शिक्षक र शिक्षिकाहरुको सहभागिता रहेको थियोे ।

प्याब्सन सिन्धुपाल्चोकका उपाध्यक्ष दिनेश बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकाका प्रशासन शाखा प्रमुख शंकर दाहाल, प्याब्सन सिन्धुपाल्चोकका पुर्व अध्यक्ष एवम् चौतारा साँगाचोकगढी नगरपालिका शिक्षा शाखाका अधिकृत गोपाल खड्का लगायतले शुभकामना प्रदान गर्नुभएको थियो ।

प्याब्सन सिन्धुपाल्चोकका कोषाध्यक्ष मदनकुमार सापकोटा, सहसचिव कञ्चन लामा, सहभागी बिद्यालयका सबै प्रिन्सिपलहरुको उपस्थिति रहेको तालिम कार्यक्रमको सहजीकरण सहजकर्ता प्रतिमा लामाले गर्नुभएको थियोे ।

Exit mobile version