साङछिलिङ गुम्बा व्यवस्थापन समिती पाँचपोखरी थाङपाल गाउँपालिका–६ लेखर्कद्वारा आयोजित ल्होसार विशेष बृहत कार्यक्रम आज लेखर्कमा सम्पन्न भएको छ । २८५९औँ सोनाम ल्होसार पर्वको अवसरको आयोजित कार्यक्रममा प्रमुख अतिथि सिन्धुपाल्चोक क्षेत्र नम्बर २का सांसद एवम् पूर्व मन्त्री मोहन बस्नेतले ल्होसारको सुभकामना व्यक्त गर्दै यस भेगको विकास गर्ने जिम्मा आफ्नो काँधमा आएको बताउनुभयो ।

उहाँले क्षेत्र नम्बर १ मा गरेको काम देखेर मतदान गर्ने हरुलाइ कहिल्यै निराश नबनाउने उल्लेख गर्दै मेलम्चीमा बेलिबृज निमार्णको थालनी हुन आँटेको बताउनुभयो । उहाँले मेलम्ची भोताङ र भोताङ बाट चौतारा जाने बाटो छिट्टै निमार्ण हुने बताउनुभयो ।


सांसद बस्नेतले गुम्बा निर्माण गर्ने काममा आफ्नो सक्दो सहयोग रहने प्रतिबद्धता ब्यक्त गर्नुभयो । उहाँले सिंचाइ र खानेपानी लगायतका यहाँका समस्या समाधानका लागि सधै तयार रहेको बताउनुभयो । पाँचपोखरि सिन्धुपाल्चोककै सबैभन्दा धेरै विकट पालिका रहेको स्मरण गर्दै यहाँको मुहार फेर्नलाइ आफुले काम गर्ने बताउनुभयो । पर्यटन,जडिबुटि लगायत थुप्रै सम्भावना भएर पनि पछि परेको पाँचपोखरीलाई अब आफुले उकास्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा विशेष अतिथि बागमती प्रदेशसभा सदस्य कृष्ण कुमार तामाङ समिरले चुनावका बेला गरेका प्रतिबद्धता पुरा गर्ने कुरामा सधै लागिरहेको बताउनुभयो । सरकारमा हुँदा होस् या प्रतिपक्षमा हुँदा जस्तो अवस्थामा पनि जनताकै साथमा रहेको उहाँले बताउनुभयो ।


उहाँले कांग्रेसे सरकारमा नहँुदा पनि विकास गरेर देखाउने पार्टी भएकाले ढुक्क हुन आग्रह गर्नुभयो । उहाँले विकास निर्माण ,यहाँको गुम्बा र खानेपानीका क्रमिक रुपमा कामगर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा भोताङको २,भोटेनाम्लाङको १ र लेखर्कको १ गरि ४ वटा झाँकि प्रर्दशन गरिएको थियो भने १वटा लामा नाँच समेत प्रस्तुत गरिएको थियो ।

साङछिलिङ गुम्बा व्यवस्थापन समितीका अध्यक्ष कान्छा लामाको अध्यक्षतामा भएको कार्यक्रम रमेश लोप्चनले सञ्चालन गर्नुभएको थियो भने अर्जुन लामाले प्रायोजन गर्नुभएको थियो । कार्यक्रममा ल्होसारको अवसरमा भएका विभिन्न प्रतियोगिताका विजेताहरुलाई प्रमाणपत्र सहित सम्मान समेत गरिएको थियो । स्थानियको उत्साह जनक सहभागिता रहेको कार्यक्रममा विभिन्न स्थानिय तथा राष्ट्रिय स्तरका ख्याती प्राप्त कलाकारहरुले आफ्नो प्रस्तुती प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय