सिन्धुपाल्चोक । मेलम्ची नगरपालिकाबाट नेकपा एमालेका तर्फबाट मनोनयन दर्ता गराउन बालकृष्ण देउजा र उमा प्रधान मेलम्ची निर्वाचन कार्यलय पुग्नुभएको छ । 

नेकपा एमालेको तर्फबाट मेलम्ची नगरपालिकाका  मेयरका उम्मेदवार बालकृष्ण देउजा र  उपमेयरका  उम्मेदवार उमा प्रधान जुलुस सहित मनोनयन दर्ता गराउन निर्वाचन कार्यलय मेलम्ची पुग्नु भएको हो । निर्वाचन कार्यलय पुगेपछि उहाँहरुले आफ्नो उम्मेदवारी दर्ता समेत गराउनुभएको छ । उहाँसँगै नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ्ग पनि पुग्नुभएको थियो । 

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउने आज अन्तिम दिन भएकाले हालसम्म देशभर १६ हजार उम्मेदवारहरुले आफ्नो उम्मेदवारी दर्ता गराइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय