जागेश्वरीटार खानेपानी तथा सरसफाइ उपभोक्ता समिती मेलम्ची ११ को तेस्रो साधारणसभा तथा अधिबेशन आज सम्पन्न भएको छ ।अधिबेशनले पुन मनोरथ दुलालको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिती चयन गरेको छ ।

समितिको उपाध्यक्षमा शुशिला दुलाल, सचिवमा दिपक दुलाल, सहसचिवमा अच्युतराज पाण्डे, कोषाध्यक्ष सानिमैंया पण्डित रहनुभएको छ ।

कार्यक्रम उद्घाटन गर्नुहुदै मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले सस्थाको आवश्यकता तथा माग पूरा गर्न नगरपालिका तयार रहेको बताउनुभयो ।अध्यक्ष दुलालले ५० हजार लिटरको ट्यान्की लगायत अपुग रहेको बताउनुभयो ।

समितिले टार र बजारका करिव १२५ घर तथा संस्था अस्पताल नगर र विद्यालयलाई खानेपानी सेवा दिदै आएको छ । कार्यक्रममा स्थानीय ज्ञानप्रसाद सापकोटा, इन्द्रेश्वरी माबिका प्रधानाध्यापक देवी श्रेष्ठ लगायतले शुभकामना व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय