सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिकाका निवर्तमान मेयर अमान सिंह तामाङले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत उनले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

नेकपा माओवादी केन्द्रबाट लामो समय राजनीति गरेका तामाङको मेयरमा पुन : उठ्ने चाहना छ । तर,सभामुख समेत रहेका अग्नि प्रसाद सापकोटा उनीसँग रुष्ट छन् । त्यसैले उनले टिकट नपाउने निश्चित थियो । योसँगै उनले टिकटका लागि एमालेसँग बार्गेनिङ गरिरहेका थिए । तर,प्रचण्डको ‘टिकट तपाईँलाई’ भन्ने वाक्यले अलिकति आस जागेको तामाङको आजबाट टिकट नपाउने निश्चित भएको छ । नेकपा माओवादी केन्द्र चौतारासाँगाचोकगढी नगरपालिकाको मेयरका लागि सभामुख अग्नि प्रसाद सापकोटाले आफ्नो टिकट रोकेको तामाङले फेसबुक मार्फत लेखेका छन् । उनले प्रचण्डले दिएको टिकट विचमा सभामुखले आफ्नै भाईलाई खोसेर दिएको आरोप लगाएका छन् ।

एमालेसँग टिकटको वार्गेनिंग गरिरहेका तामाङ जताबाट भए पनि मेयरको टिकट ल्याउने ध्याउन्नमा थिए । तर,दल अदलबदलको प्रयास गरेका उनले कतैबाट नपाएपछि स्वतन्त्र उम्मेदवारीको घोषणा गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय