मेलम्ची । मेलम्ची नगरपालिका वडा नम्बर ८ केउरीनिको विष्णुलक्ष्मी कृषि सहकारी संस्था लिमिटेडको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सहकारीका शेयर सदस्य ६६८ जना रहेका छन् । कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि मेलम्ची ८का कार्यवाहक वडा अध्यक्ष इन्द्रबहादुर गिरीले सहकारी मार्फत खेती किसानी गरी वडालाई समृद्ध बनाउन अझै प्रयास गर्न किसानलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा शेयर सदस्यहरुले रासायनिक मल अभाव भएको भन्दै गुनासो गरेका सहकारीका अध्यक्ष कोमल गिरीले जानकारी दिनुभयो । कार्यक्रममा अध्यक्ष गिरीले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने प्रवन्धक रामचन्द्र गिरीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा ९वटा अन्तर समुहका प्रतिनिधि, जलवाई देवि माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक सुवास गिरी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय