पोखरा । गण्डकीका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आजै अधिकारीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।

अधिकारीलाई ३३ सांसदको समर्थन छ । मुख्यमन्त्री अधिकारीले आजै ३ मन्त्रीलाई नियुक्त गर्नुभएको छ । ‍माओवादीका हरिबहादुर चुमान, एमालेकी सीताकुमारी सुन्दास र राप्रपाका पञ्चराम गुरुङले पनि शपथ लिनुभएको छ ।

उहाँहरु सबैलाई विना विभागीय मन्त्रीको शपथ गराइएको हो । आजै मुख्यमन्त्री र मन्त्रीहरुले पदभार ग्रहण गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय