सिन्धुपाल्चोक । पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नम्बर ७ भोटेनाम्लाङ्मा ब्यबशाय सचेतना,लैङ्गिक समानता तथा सामाजिक समाबेशिकरण तालिम सुरु गरिएको छ । गरिवी निवारणको लागी लघु उद्यम विकास कार्यक्रम व्यवसाय सचेतना सुरु गरिएको गाउँपालिकाका लघुउद्यम विकास शाखाका प्रमुख दिपेन्द्र पौडेलले जानकारी दिनुभयो ।

आज बाट सुरु भएको तालिम आगामी ३० गते सम्म सञ्चालन हुने पौडेलले जानकारी दिनुभयो । वडा नम्बर ७का वडा अध्यक्ष सुके तामाङको प्रमुख आतथ्यमा भएको कार्यक्रमले स्थानिय नागरिकहरुमा ब्यबशायीक बन्नका लागि प्रेरणा मिल्ने अपेक्षा गरिएको गाउँपालिकाले जनाएको छ । तालिममा ४० जनाको सहभागिता रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय