सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिकाले आफ्नो पालिकामा शिक्षण केन्द्र ९टिचिङ सेन्टर० स्थापना गरेको छ ।
पालिकाको शैक्षिक गुणस्तर विकासको लागि यो अवधारणा आजबाट टिचिङ सेन्टर सुरु गरिएको हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिनुभयो । २१औं शताब्दिको शिक्षालाई बस्तुवादी, वैज्ञानिक, व्यवहारिक र जिवनउपयोगी बनाउन यो अवधारणा ल्याईएको उहाँको भनाइ छ ।


विद्यार्थीको वर्तमान आवश्यकता, ज्ञान, क्षमता र प्रविधिलाई संकेन्द्रित गर्ने योजना अनुसार टिचिङ सेन्टर स्थापना गर्ने प्रयास नेपालकै अन्य पालिका मध्येकै पहिलो भएको अध्यक्ष शेर्पाको दावी छ । यो मोडेलमा विद्यार्थीहरुले आवश्यकता अनुसारको विषय छनौट गरेर अध्ययन गर्न सक्ने उहाँको भनाइ छ । गाउँसभाबाट नीतिगत रुपमै टिचिङ सेन्टर स्थापना गर्ने योजना अघिबढाइएको शेर्पाले बताउनुभयो ।


सो योजनाको आर्थिक व्यवस्थापनका लागि नीति तथा कार्यक्रममा राखिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत उदयराज भट्टाईले बताउनुभयो । उहाँका अनुसार १२ कक्षामा शिक्षकहरुको दरबन्दी अभाव हुँदा प्रत्येक प्लस टु विद्यालयमा दुई–दुईजना मात्र शिक्षक दरबन्दी रहेका छन् । जसले पढाउन समस्या भएपछि पालिका भित्रका १२ कक्षा सम्मका ३ वटा विद्यालयका विद्यार्थीहरुलाई एउटा केन्द्र पर्ने ठाउँमा जम्मा गरेर तीनवटै विद्यालयबाट दुई–दुईजना शिक्षकहरुले टिचिङ सेन्टरमा पढाउन आउने उहाँले बताउनुभयो ।


अहिले तत्काललाई ग्याल्थुमको मेलम्ची भ्याली क्याम्पसबाट टिचिङ सेन्टर सुरुवात गरिएको अध्यक्ष शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार तत्कालको लागि पहिलो आर्थिक वर्षमा सरस्वती माध्यामिक विद्यालय ग्याल्थुमका विद्यार्थीहरुलाई व्यवस्थापन सहित पढाउन सुरुवात गरिनेछ । विद्यार्थीको भर्ना तथा परिक्षा फारम देखि अन्य व्यवस्थापन भने सम्बन्धित विद्यालयले गर्ने गाउँपालिका शिक्षा शाखा प्रमुख विश्वनाथ भण्डारीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय