सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिकाले गाउँपालिकाका प्रत्येक घर धुरीलाई विद्युतीय चुलो वितरण गर्ने योजना अघि बढाएको छ । ‘हाम्रो लगानी हाम्रै सम्पत्ति’ भन्ने नाराका साथ गाउँपालिकाले सो योजना अघि सारेको हो । 

आइतबार इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्क नेपालले विद्युतीय चुलोका वितरण कार्यक्रम सञ्चालनका लागि नेपाल विद्युत प्राधिकरणका व्यवस्थापकीय निर्देशक कुलमान घिसिङसमक्ष आवश्यक सहयोगको लागि माग पत्र बुझाउनुभएको छ । एमाले स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री शेरबहादुर तामाङ,गाउँपालिकाका अध्यक्ष झम्क नेपालसहितको टोलीले माग पत्र बुझाएको हो । 

आगामी आर्थिक वर्ष भित्र  पालिका भित्रका सबै घरधुरिलाई विधुतिय चुलो वितरण गरिसक्ने गाउँपालिकका अध्यक्ष झम्क नेपालले जानकारी दिनुभयो । उहाँले जनताका आवश्यक दैनिकीलाई मध्यनजर गर्दै जनताका मागलाई सम्बोधन गर्दै अघि बढ्ने बताउनुभयो । उहाँले गाउँपालिकालाई दाउरा र ग्याँस चुलो रहित बनाउन गाउँपालिकाले सो अवधारणालाई अघि बढाएको बताउनुभयो ।

माग पत्रलाई सम्बोधन गर्दै प्राधिकरणका व्यवस्थापकिय निर्देशक कुलमान घिसिङले सो कार्यक्रम सन्चालनका लागि आवस्यक ट्रन्सफर्म,प्लास्टिक,कोटेड,तारलगायत आवश्यक सहयोगको लागि प्रतिबद्धता व्यत्त गर्नुभएको अध्यक्ष नेपालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय