सिन्धुपाल्चाेक । मेलम्ची नगरपालिकाको स्थानीय आपतकालीन कार्यसंचालन केन्द्र (Local Emergency Operation Centre) को समुद्घाटन सम्पन्न भएकोछ । नगरपालिकाका प्रमुख आइतमान तामाङ उपप्रमुख उमा प्रधान तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव राजेन्द्र शर्माद्वारा संयुक्त रुपमा समुद्घाटन सम्पन्न भएको छ ।

यस आपतकलीन कार्यसंचालन केन्द्रले विपद् पूर्व तयारी तथा प्रतिकार्यका लागि आवश्यक कार्य गर्नुका साथै समग्र पालिकाको विपद् संग सम्बन्धित जानकारी तथा सूचनाहरुको संकलन, विश्लेषण तथा व्यवस्थापन गर्ने लक्ष्य लिएको छ । साथै यस केन्द्रले जिल्ला, प्रदेश तथा केन्द्रिय आपतकालीन कार्य संचालन केन्द्र संग आवश्यक समन्वय गरि बहुप्रकपीय जोखिमलाई कम गरि विपद्बाट हुने भौतिक तथा मानवीय क्षतिलाई न्यूनीकरण गर्ने उद्देश्य रहेको मेलम्ची नगरपालिकाका वातावरण अधिकृत सुजन दुलालले जानकारी दिनुभयो ।

उक्त आपतकालीन कार्य संचालन केन्द्र क्षेत्रीय एकीकृत बहुप्रकोपीय पूर्व सूचना प्रणाली (RIMES) को प्राविधिक सहयोगमा स्थापना तथा संचालन गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय