काठमाडौँ । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १२ औँ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । प्रदेश नम्बर १ अन्तर्गत बिब्ल्याटे शाखाले मङ्गलवार रेडक्रस बिर्तामोड उप(शाखाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

संस्थाले वार्षिक उत्सवको अवसरमा हरेक वर्ष वित्तीय साक्षरता,वृक्षारोपणलगायत विभिन्न कार्यक्रमहरू गर्दै आइरहेको लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडका शाखा प्रमुखले जानकारी दिनुभयो ।

विभिन्न शाखामा कर्मचारी स्थानीय जनता ग्राहक वर्ग तथा विभिन्न शाखाको कर्मचारी गरी जम्मा ४० जनाको सहभागिता रहेको उहाँले बताउनुभयो ।

साथै आफ्नो वार्षिक उत्सवको उपलक्ष्यमा प्रदेश १ अन्तर्गतका १९ वटा शाखाले र देशभरका ९० वटा शाखाले सप्त व्यापी रूपमा विविध कार्यक्रम भइरहेको १ नम्बर प्रदेश प्रमुख भीम न्यौपानेले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय