काठमाडौँ । गोकर्णेश्वर लाइट एकेडेमीले ‘अन्तर विद्यालय स्तरीय’ हाजिरी जवाफ प्रतियोगिता गर्ने भएको छ । गोकर्णेश्वर नगरपालिका वडा नम्बर ४ माकलवारिमा रहेको उक्त विद्यालयले मङ्सिर १६ र १७ गते हाजिरी जवाफ प्रतियोगिताकाे आयोजना गर्ने भएको हो । 

प्रतियोगितामा बढीमा ३६ वटा विद्यालय सहभागी गराइने प्रिन्सिपल सौर्यनाथ आचार्यले जानकारी दिए । पाठ्यक्रमबाट ६०% गाउँ खाने कथा ,धर्म संस्कृति,खेलकुद ,भाषा कला साहित्य  ,सामान्य ज्ञान,सङ्गीत चलचित्र ,समसामयिक र विविधबाट ४०% प्रश्नहरू सोधिने प्रिन्सिपल आचार्यले बताए । 

१६ गते सहभागी विद्यालयहरूबाट छनौट गर्नको लागि सहभागी विद्यालयहरूलाई समूहमा विभाजन गरेर प्रति समूहबाट उत्कृष्ट २ समूह दोस्रो चरणमा प्रवेश गर्ने,दोस्रो चरणमा आएकाहरूलाई २ समूहमा विभाजन गर्ने र उक्त समूहबाट उत्कृष्ट ३ गरेर जम्मा ६ टिमलाई अन्तिम चरणमा लगिने उनले बताए । 

१७ गते अन्तिम चरणमा प्रवेश गरेको समूहबाट  हाजिरी जवाफ हुने र प्रतियोगितामा प्रथम द्वितीय र तृतीय हुने समूहलाई सिल्ड मेडल प्रमाणपत्र र नगद पुरस्कार क्रमशः ७०००,५००० ,३००० र अन्य फाइनल चरणका समूहलाई सिल्ड तथा प्रमाणपत्र प्रदान गरिने उनले बताए । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय