काठमाडौँ । हेरुका लामाद्धारा निर्देशित तथा कोरियोग्राफी गरिएको ‘मद्रासी हिरो’ सार्वजनिक गरिएको छ । शुक्रबार राजधानीको एक कार्यक्रमबीच हेरुका लामाको अफिसियल युटुब च्यानलमा गीतको भिडियो सार्वजनिक गरिएको हो ।

कर्माध्वज लामा र जीतु लोप्चनको आवाजमा सजिएको गीतका रचनाकार तथा संगीत सुशिल तामाङले भर्नुभएको हो । भिडियोमा नृत्य निर्देशक हेरुका लामा,अनिता गोले र अजयकुमार रन्जितकारको अभिनय देख्न सकिन्छ । साथमा थुप्रै कलाकारहरुको नृत्य समावेश गरिए ‘मद्रासी हिरो’ मा फाइट सिनहरु समेत समावेश गरिएको छ । उक्त भिडियो एक्सन प्रधान भिडियोका रुपमा देखाइएको छ ।

गीतको भिडियो निकै आकर्षक रुपमा निर्माण गरिएको छ । भिडियोमा प्रेमध्वज लामा र भारती तामाङले निर्माण गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय