काठमाडौँ । चुनावी प्रचार प्रसारमा हिडेका नेकपा एमालेका कार्यकर्तामाथि ढुंगामुढा भएको छ । जुगल गाउँपालिका वडा नं ५ बराम्चीमा पुगेको टोलीमाथि एक्कासी आक्रमण भएको हो । सिन्धुपाल्चोक प्रतिनिधिसभा १ का नेकपा एमालेका उमेदवार सरेश नेपालसहितको टोली बराम्ची पुगेको थियो । शान्तिपुर्ण रुपमा चुनावी प्रचारमा हिँडिरहेको वेलामा एक्कासी माओवादी कार्यकर्ताहरुले अन्धधुन्द ढुंगा प्रहार गरेको नेपालले बताए ।

नेपालको टोलीको जुगलमा चुनावी घरदैलो कार्यक्रम रहेको सुचना पाएपछि माओवादी कार्यकर्ता गंगालाल तामाङले ढुंगामुढा गर्नु पर्ने भन्दै फेसबुकमा स्टाटस लेखेका थिए । टोली बराम्ची पुगेर चुनावी अभियानबाट फर्कँदै गर्दा माओवादी कार्यकर्ताहरु मीन बहादुर श्रेष्ठ, दल बहादुर श्रेष्ठ र टंकबहादुर श्रेष्ठसहितको टोलीले तथानाम गाली गर्दै ढुंगामुढा गरेको थियो ।

मीन बहादुर श्रेष्ठ गत स्थानीय निर्वाचनमा माओवादीका तर्फबाट वडा अध्ययक्षमा उमेदवारी दिइ पराजित भएका थिए । आक्रमणबाट प्रदेस ३ ०१ च ९०३० र बा १८ च ९३६५ गाडीमा क्षती पुगेको छ । शान्तिपूर्ण चुनावी अभियानलाई हिंसात्मक तवरले अवरोध पु¥याउने आपराधिक हर्कतका बिरुद्ध कानुनी उपचार खोजिने जुगल एमालेले जनाएको छ । “हामी विधि र प्रक्रियालाई मान्छौं त्यसैले यसको कानुनी उपचारका लागि प्रहरी प्रशासनलाई जानकारी गराएका छौं“ नेकपा एमाले जुगल गाउँपार्टी अध्यक्ष छिरिङ तामाङले बताए । यदी हाम्रो सदाशयतालाई कमजोरी ठानियो भने यसको मूल्य महंगो पर्ने उनले बताएका छन् ।

नेकपा एमाले सिन्धुपाल्चोक क्षेत्र नम्बर २ प्रदेश सभा ‘क’ का उम्मेदवार अमान सिंह तामाङमाथि पनि हातपातको प्रयास भएको थियो । शुक्रवार चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ७ सानोसिरुवारीमा घरदैलोको कार्यक्रमका लागि जाने क्रममा एमाले उम्मेदवारमाथि सोही क्षेत्रमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेदवार युवराज दुलालको टोलीले आक्रमणको प्रयास गरेको हो ।

‘घरदैलो कार्यक्रमका लागि जाने क्रममा साविक सानोसिरूवारि गाविस वडा नं २ बिसौनाडाडामा गठबन्धनबाट प्रदेश सभा सदस्य पदका उम्मेद्वार नेकपा माओवादी केन्द्रका नेता युवराज दुलाल शरदका बुबा गुरुप्रसाद दुलाललगायत केही व्यक्तिहरूबाट अपशब्द बोल्नेलगायत हातपातको प्रयाससमेत भएको छ ’, नेकपा एमाले चौतारा सागाचोकगढी नगरपालिका वडा नं ७ का अध्यक्ष महेश धितालले बताउनुभयो ।

एमाले उम्मेदवारमाथि भएको आक्रमण असह्य रहेको भन्दै एमाले वडा नम्बर ७ ले विज्ञप्ति जारी गरेको छ । ‘यस्ता व्यवहारले लोकतन्त्रमा उम्मेद्वारले जनतासँग भोट माग्ने अधिकारमाथि कुठराघात गरेको ठहर गर्दछ । आगामी दिनहरूमा पनि यस्ता कार्यहरू भएमा हाम्रो पार्टि पनि सोच्न बाध्य हुनेसमेत जानकारि गराउँदछु’,विज्ञप्तिमा भनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय