सिन्धुपाल्चोक । आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले मेलम्ची नगर कमिटीले उम्मेदवारीको टुङ्गो लगाएको छ । उम्मेदवारको आकाङ्क्षी धेरै भएको मेलम्चीमा उम्मेदवार छान्न सकस भइरहेको थियो । यसैबिच मेयर र उपमेयरको टुङ्गो लगाएको हो । 

मेलम्ची नगरपालिकाको मेयरका लागि बालकृष्ण देउजालाई चयन गरेको छ । उनी नेकपा एमालेमा लामो समयदेखि सक्रिय राजनीतिमा होमिएका व्यक्ति हुन् । नेकपा एमालेको सङ्कटको बेलामा पनि उनले पार्टीको निर्णयमै अडिग रही काम गरेका थिए । अवसर र पदका लागि अघि नसर्ने उनी यो पटक मेयरका लागि चयन भएका हुन् । त्यस्तै उपमेयरमा उमा प्रधानलाई चयन गरेको छ । उनी पनि लामो समयदेखि सक्रिय राजनीतिमा छिन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय