चितवन । भरतपुर महानगरपालिकाको प्रमुख पदमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का हरिप्रसाद दुलालले मनोनयन दर्ता गराएका छन् ।

मनोनयन दर्ताको पहिलो दिन सुरुमै दुलालले महानगरको प्रमुख पदमा मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका सूचना अधिकारी पुरुषोत्तम पौडेलले जानकारी दिए ।

उनले बिहान ११ बजे निर्वाचन अधिकृतको कार्यालय पुगेर आफ्नो मनोनयन दर्ता गराएका हुन् । ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनका लागि निर्वाच आयोगले आज र भोलि उमेदवारको मनोनयन दर्ता गर्दै छ ।

दुलालको प्रस्तावकमा रविनकुमार प्रधान र समर्थकमा श्यामकृष्ण खयरगोली छन् । नेमकिपाबाट महानगरको उपमेयरमा कसैले पनि उमेदवारी दर्ता गरेको छैन ।

दुलालपछि राष्ट्रिय जनमुक्ति पार्टीका ज्ञानबहादुर गुरुङले महानगरको मेयरमा उम्मेदवारी दर्ता गरे । उनको प्रस्तावकमा टेकबहादुर मगर र समर्थकमा रविन्द्र सिंह गुरुङ छन् । 

जनमुक्ति पार्टीकी मिना थापा मगरले उपमेयरमा मनोनयन दर्ता गरेकी छन् । उनको प्रस्तावकमा विमला राना र समर्थकमा सुमित्रा राना छन् । राष्ट्रिय दलको मान्यता प्राप्त गरेको नेकपा एमाले र सत्ता गठबन्धनका दलले भोलि मात्र मनोनयन दर्ता गर्ने तयारी गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय