सिन्धुपाल्चोक । नेपाली काँग्रेस जुगल गाउँपालिकाका अध्यक्षका क्यान्डिडेट जयबहादुर लामा एमाले प्रवेश गर्नुभएको छ । चौतारामा आयोजित पार्टी प्रवेश कार्यक्रममा काँग्रेस नेता लामा एमालेमा प्रवेश गर्नुभएको हो ।  

उहाँ सहित नेपाली काङ्ग्रेसबाट निर्वाचित वडा नम्बर ५ का अध्यक्ष सनत कुमार अधिकारी,नेपाली कांग्रेसबाटै निर्वाचित वडा नम्बर ३ का सानुकान्छा तामाङ,जसपाका पूर्व जिल्ला अध्यक्ष जीवन तामाङ,नेपाली काँग्रेस केन्द्रीय यातायात विभागका केन्द्रीय सदस्य नवीन्द्र कुमार योन्जन,तरुण दल जिल्ला उपसभापति,जुगल नेपाली काँग्रेसका सचिव सुवास लामा,क्षेत्रीय प्रतिनिधि पासाङ लामा,जुगल ५ का सचिव समीर योन्जन,जुगल ५ सभापति प्रकाश ढकाल,जङ्गबहादुर लामा,विनोद तामाङ,विनोद लामा,राजेन्द्र लामा लगायत दर्जनौँ नेता कार्यकर्ताले एमाले प्रवेश गर्नुभएको छ । 

निर्वाचनमा एमालेका होमनारायण श्रेष्ठ २७१८ मतसहित बिजयी हुँदा आज एमाले प्रवेश गर्नुभएका जयवहादुर लामाले २६३७ मत प्राप्त गर्नुभएको थियो । आफूसँग झिनो मतान्तरले पराजित जयवहादुरलाई एमालेमामा भित्र्याउँदै एमालेले उहाँलाई नै गाउँपालिका अध्यक्षको उम्मेदवार बनाउने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय