सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले आफ्नो पदबाट राजिनामा दिएका छन् ।

पुनः गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दिन चाहने जनप्रतिनिधिले बैशाख १० गतेसम्ममा पदबाट राजिनामा दिइसक्नुपर्ने संवैधानिक नियमानुसार शेर्पाले पदबाट राजिनामा दिएका हुन् ।

राजिनामा दिँदै अध्यक्ष शेर्पाले उनलाई सहयोग गर्नु हुने सम्पूर्ण हेलम्बु वासी, सबै वडाका वडाअध्यक्षहरु, सदस्यहरु, पालिका सदस्यहरु सबै राजनीतिक दल, गाउँपालिकाका सम्पूर्ण कर्मचारी, नागरीक समाज, पत्रकार लगायतका सबैलाइ धन्यवाद दिएका छन् ।

‘मैले गाउँपालिका अध्यक्षको हैसियतमा कार्य गर्दै गर्दा आफ्नो पारिवारीक समस्यालाई समेत वेवास्ता गर्दै गरेका कार्यले कसैलाई राम्रो त कसैलाई केहि नराम्रो भएको भए पनि त्यो समाजको हितका लागि भएको हो र मेरो व्यक्तिगत स्वार्थको लागि होइन भनि बुझिदिनुहोला ।’ शेर्पाले भने-‘आजसम्म हेलम्बुमा भएका जतिपनि कार्यहरु तपाईहरुको साथ र सहयोगबाट नै सम्भव भएको हो ।’

आफुले पदबाट राजिनामा दिएपनि हेलम्बुको विकासको लागि सधै तत्पर रहने र आसन्न स्थानीय तहको निर्वाचनमा पुनः गाउँपालिकाको अध्यक्षको लागि उम्मेद्वारी दिने निर्णय समेत उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय