काठमाडौं । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका मेयर अमानसिंह तामाङले राजीनामा दिएका छन् ।

माओवादी केन्द्रका तर्फबाट मेयरमा विजयी भएकाले उनले पदबाट राजीनामा दिएका नगरपालिकाका कार्यकारी अधिकृत फणिन्द्र पौडेलले जानकारी दिए । 

नगरपालिकाको बैठकमा उपमेयर जानुका पराजुलीले मेयर तामाङले राजीनामा दिएको जानकारी गराएको कार्यकारी अधिकृत पौडेलले बताए । 

३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न चाहनेले निर्वाचित जनप्रतिनिधिले पदबाट राजीनामा दिनुपर्ने निर्वाचन आयोगको आचारसंहितामा उल्लेख छ । ११ र १२ वैशाखमा मनोनयन दर्ता गर्ने निर्वाचन तालिका रहेको छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय