सिन्धुपाल्चोक । आसन्न स्थानीय तहको निर्वाचन आउन अब २३ दिन बाँकी छ । योसँगै सिन्धुपाल्चोकमा राजनीतिक सरगर्मी बढ्न थालेको छ । केन्द्र देखि स्थानीय तहसम्मका नेताहरू नेतृत्व चयनमा व्यस्त छन् । जनताले कसलाई पत्याउन भन्ने चिन्ता पनि नेताहरूमा त्यतिकै छ । योसँगै नेकपा एमाले वलेफी गाउँपालिकामा पनि मेयरका आकांक्षीहरुलाई धमाधम सिफारिस गर्ने काम भइरहेको छ । नेकपा एमाले बलेफी गाउँपालिकाले आकाङ्क्षी ६ जनाको नाम सिफारिस गरेको छ । गाउँपालिकाले रामहरि नेपाल,नारायण काजी श्रेष्ठ,कमला कायस्थ,जगत थापा,कमलकृष्ण अधिकारी,विकास श्रेष्ठको नाम जिल्लामा सिफारिस गरेको छ ।

रामहरि नेपाल नेकपा एमालेबाट लामो समयदेखि सक्रिय राजनीतिमा लाग्दै आएका छन् । उनी अधिवक्ता समेत हुन् । उनी पार्टीले अध्यक्षको जिम्मेवारी दिएको खण्डमा आफू पछि नपर्ने बताउँछन् । उनी पार्टीले युवा उम्मेदवार उठाइदिए राम्रो हुने ठान्छन् ‘पार्टीले युवा उम्मेदवार उठाए राम्रो हुने थियो किनकि जनधार पनि युवा उम्मेदवार मै छ । त्यसैले पार्टीले टिकट दिँदा युवा उम्मेदवारलाई ध्यान दिनुपर्छ’, उनले भने । नारायण काजी श्रेष्ठ पनि नेकपा एमालेबाट लामो समयदेखि सक्रिय राजनीतिमा छन् । उनी हाल नेकपा एमाले बलेफी गाउँपालिकाको अध्यक्ष छन् । त्यस्तै कमला कायस्थ पनि लामो समय देखि राजनीतिमा लागेकी महिला नेतृ हुन् । उनी हाल बलेफी गाउँपालिकाको उपाध्यक्ष छिन् । उनी यो पटक गाउँपालिकाको अध्यक्षको आकाङ्क्षी हुन् । जगत थापा,कमलकृष्ण अधिकारी विकास श्रेष्ठ पनि अध्यक्षको आकाङ्क्षी हुन् ।

योसँगै टिकट कसले पाउला भन्ने कुरा नेता तथा कार्यकर्ताहरूमा चासोको विषय बनेको छ । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा बलेफीमा राजनीतिक माहौल तातेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय