न्युयोर्क । युक्रेन संकटका कारण पाँच भागको एक भाग मानिसहरू संकटमा पर्ने एक अध्ययनमा उल्लेख छ । युक्रेन संकटका कारण १ दशमलब ७ अर्ब मानिसहरू गरिबी र भोकमरीमा पर्न सक्ने राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले बताएका छन् । 

‘हामी सबैले युक्रेनमा देखापरेको त्रासदी देखेका छौँ । तर, युद्धले सीमानाबाहिर विकासोन्मुख देशहरूमा मौन आक्रमण सुरु गरेको छ । यो संकटले १ दशमबल ७ अर्ब मानिसलाई गरिबी र भोकमरीमा धकेल्नेछ’, एक अन्तवार्तामा गुटेरेसले भने । 

युक्रेन र रुसले गहुँ र जौको विश्व उत्पादनको ३० प्रतिशत हिस्सा ओगट्छन् । विश्वमा उत्पादन हुने मकैको कुल परिमाणमध्ये पाँच भागको एक भाग यी देशमा उत्पादन हुन्छ । त्यस्तै, विश्वमा उत्पादन हुने सूर्यमुखी तेलमध्ये आधाभन्दा बढी तेल यी दुई देशले उत्पादन गर्छन् । ४५ अति कम विकसित देशहरूमा आयात हुने गहुँको एक तिहाइभन्दा बढी परिमाण रुस र युक्रेनमा उत्पादन हुन्छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय