सिन्धुपाल्चोक । मेलम्चीमा जारी जिल्ला स्तरीय दोस्रो मेलम्ची मेयर कप ब्याडमिन्टन प्रतियोगिता अन्तर्गत शुक्रबार मेलम्ची नगर स्तरीय प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगितामा सिनियरतर्फ राजन श्रेष्ठ र राजु सापकोटाको जोडी पहिलो, कुमार सापकोटा र अनिश दुलाल दोस्रो त्यस्तै रुद्रशरण श्रेष्ठ र सुदर्शन दुलाल तथा राजनमान श्रेष्ठ र शैलेश खड्काको जोडीले तेस्रो स्थान प्राप्त गरेका छन् ।

जुनियरतर्फ रोशन तिवारी र दीपराज तामाङको जोडी पहिलो, सन्तोष कोइराला र दिपक दुलाल दोस्रो, प्रकाश श्रेष्ठ र क्रान्ति तामाङ तथा हरिकृष्ण दुलाल र नारायण सापकोटाको जोडी तेस्रो भएको मेलम्ची ब्याडमिन्टन एकेडेमीका सचिव ऋषिराम नेपालले जानकारी दिनुभयो । प्रतियोगितामा दुवै तर्फका पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः १५ हजार ५ सय ५५, १० हजार ५ सय ५५ र ५ हजार ५ सय ५५ रुपैयाँ नगदसहित प्रमाणपत्र पाउने नेपालले जानकारी दिनुभयो ।

प्रतियोगितामा भोलि जिल्ला स्तरीय प्रतिस्पर्धा हुनेछ । कार्यक्रमको शुक्रबार बिहान वडा नम्बर ११ का अध्यक्ष चन्द्रबहादुर तामाङले उद्घाटन गर्नुभएको थियो भने आइतबार नगर प्रमुख आइतमान तामाङले समापन गर्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय