सिन्धुपाल्चोक । नेकपा एमाले जुगल गाउँपालिकाले गाउँपालिकाको अध्यक्षमा चार जनाको नाम सिफारिस गरेको छ । । पालिकाले जे‍पी सिलवाल,होम नारायण श्रेष्ठ,दिल कुमार लामा र सिर्जना तामाङलाई जिल्लामा सिफारिस गरेको हो ।

पालिकाले सकभर सर्वसम्मतिबाट नै लैजाने कोसिस गरिरहेको पालिका कमिटीका अध्यक्ष छिरिङ लामाले बताउनुभयो । पालिकाको ७ वटा वडा मध्ये ६ नम्बर वडा बाहेक सबै वडामा सर्वसम्मति चयन भैसकेको लामाले बताउनुभयो । वडा नम्बर १ मा रेसम सिलवाल,२ नम्बरमा चन्द्र का लामा, ३ मा लक्ष्मण दोंङ,४ मा प्रेम तामाङ,५ मा रवीन्द्र घिमिरे र ७ मा छिरिङ लामालाई सर्वसम्मत चयन गरेको हो ।
त्यस्तै ६ नम्बर वडामा पनि नन्दे श्रेष्ठ र माइला लामा आकाङ्क्षी हुन् । सकभर सर्वसम्मतिबाटै टुङ्गो लगाउने तयारी रहेको लामाले बताउनुभयो ।

रेसम सिलवाल पूर्व गाविस अध्यक्ष हुन् । उनी नेकपा एमालेमा लामो समयदेखि सक्रिय राजनीतिमा हुनुहुन्छ । चन्द्र कार्की पूर्व वडा सचिव हुन् । उनी पनि नेकपा एमालेमा लामो समय खर्चेका व्यक्ति हुन् । त्यस्तै लक्ष्मण दोंग हाल पालिका कमिटीका इन्चार्ज छन् । त्यस्तै रवीन्द्र घिमिरे पनि लामो समयदेखि सक्रिय राजनीतिमा होमिएका व्यक्ति हुन् । उनी २०७४ सालको प्रत्याशी उम्मेदवार हुन् । त्यस्तै हालका गाउँ कमिटका अध्यक्ष छिरिङ लामा पनि सक्रिय राजनीतिमा लामो समय देखि क्रियाशील छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय