मेलम्ची । मुलुक बनाउन डाटा बेस हिसाबमा बोल्नु आवश्यक रहेको सिन्धुपाल्चोक २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शेर बहादुर तामाङले बताएका छन्।

नेकपा एमालेका उम्मेदवार तामाङले प्रतिनिधि सभा २ अन्तर्गत प्रदेश (ख) को जनवर्गिय सङ्गठनको भेला लाई मेलम्चीमा सम्बोधन गर्दै आफूले सबै कुराहरू मुलुक बनाउन डाटाबेस हिसाबमा बोलेको बताए । नेपाली काँग्रेसका उम्मेदवार मोहन बहादुर बस्नेतले सिन्धुपाल्चोक लाई फ्री वाई फाई बनाउने कुरा डाटा बेस हिसाबमा नभएको उनले बताए ।

बस्नेतले आफ्नो प्रतिबद्धतामा वाई फाई फ्री, मेलम्ची हेलम्बु क्षेत्रमा भत्किएका पुल बनाउने जस्ता योजना अघि सारेका थिए । ‘बस्नेतले वाई फाई फ्री गर्न डाँडा डाँडा तार टाङ्दै हिँड्ने रे । यदि जिल्ला बासीलाई आर्थिक हिसाबमा सम्पन्नता बनाउने हो भने त टेलिकम बाट डाटा फ्री गरे भई गोनि’, तामाङले भने।

एमालेको सरकारले टेलिकम बाट डाटा फ्री गर्न अभियान चाल्ने तामाङको भनाई छ । एमाले सरकारले किसानलाई मलको व्यवस्था गरिदिएको समेत उनले दाबी गरे । जिरो किलो मेलम्ची सडक खण्ड चिल्लो बनाउन आफूले पहल गरेको समेत उनको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय